एमाले बिजयको यात्रामा अघि बढेको छः अध्यक्ष ओली


बेलिना थापा

लमजुङ,२ वैशाख– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बिजयको यात्रामा अघि बढेको बताउनुभएको छ । नेकपा एमाले लमजुङले शुक्रबार बेँसीसहरमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले एमालेको गतीलाई अब कसैले पनि रोक्न नसक्ने बताउनुभएको बताउदै निर्वाचनमा एमालेले बहुमत ल्याएर छाड्ने दावी समेत गर्नुभयो । लमजुङका ८ पालिका र ७५ वटै वडामा जित हासिल गर्ने गरी लाग्न समेत कार्यक्रतालाई आग्रह एमालेलाई जित्न सक्ने हैसियतमा अरु पार्टी नरहेको अध्यक्ष ओलीको भनाइ थियो ।

एक फरक प्रशंगमा अध्यक्ष ओलीले भन्नुभयो, “एमाले पार्टी खिट्कीबाट आउने पार्टी होइन, एमाले आम निर्वाचनका बाध्यामबाट मुल ढोकाबाट आउने पार्टी हो ।” एमाले सरकारमा जाँदा मात्रै देशको हित, उन्नति हुने, सुखी नेपाली समृद्ध नेपालको नारा साकार हुने समेत अध्यक्ष ओलीले बताउनुभयो ।

अध्यक्ष ओलीले चुनावको समयमा एमाले पार्टी फुटेको हल्ला आइरहेको भन्दै एमाले फुटेको नभई, थोरै चोईटिएको बताउनुभयो । केही मानिस बाहिर जाँदामै एमाले कमजोर नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “एमाले आफ्नो कर्तब्य, गन्तब्य र उद्धेश्यमा स्पष्ट छ । केन्द्रीत भएको छ । पार्टी चलाउने माध्यम अवसर दिने होइन । एमालेमा त्यस्तो अवस्था छैन । यो दिउँला, त्यो दिउँला, यो खाउँला भन्ने हुँदैन । हामी सुखी नेपाली, समृद्ध नेपालको नारा सफल बनाउने अठोटका साथ लागेको छौं ।”

एमाले स्थानीय तह निर्वाचनमा केन्द्रीत भएर लागेको, राष्ट्रियता जोगाउने अभियानमा लागेकाले मत परिणाम नआउने बेलासम्म ननिदाउने बताउनुभयो । नेता, कार्यकर्तालाई पनि निर्वाचन सम्पन्न नहुदा सम्म ढुक्कले ननिदाउन निर्देशन दिदै निर्वाचन सुरु भएदेखि मत परिणाम घोषणा नआउन्जेलसम्म उच्च सावधानी र सक्रिय भएर लाग्न समेत आग्रह गर्नुभएको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal