वालिङ साना किसान कृषि सहकारीको वार्षिक साधारणसभा सम्पन्न


स्याङ्जामा ३२ हजार बढि महिला साना किसान सहकारीमा आवद्ध
गोपाल जिटी
वालिङ,८ पुस- यतिबेला दैनिकजसो विभिन्न सहकारी संस्थाहरुको वार्षिक साधारणसभामा सञ्चालन भैरहेका छन् । स्याङ्जाका सहकारी संस्थाहरु पनि वार्षिक साधारणसभामा जुटेका छन् । यसैक्रममा वालिङ ९ स्थित वालिङ साना किसान कृषि सहकारी संस्थाले तेस्रो वार्षिक साधारणसभा गरेको छ । २०७५ सालमा स्थापना भएको सहकारीले बिहीबार तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साधरणसभाकाे उद्घाटन गर्दै गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले स्याङ्जामा करिव ३२ हजार महिलाहरुलाई साना किसानले गोलवद्ध गरिसकेको बताउनुभयो । साना किसान कृषि सहकारीमा विशेषगरी महिलाहरुको सहभागिता रहेको उल्लेख गर्दै नगर प्रमुख अधिकारीले अहिले अरबौं रुपैयाँ साना किसान कृषि सहकारीले लगानी गरिसकेको उल्लेख गर्नुभयो । जिल्लामा सहकारी अभियन्ताकारुपमा समेत परिचित नगर प्रमुख अधिकारीले आँप्नोपालिकाले ५ हजार लिटर दूध उत्पादन गराएर किसानहरुलाई आत्मनिर्भरता तर्फ अगाडि बढाइसकेको बताउनुभयो । तुलनात्मक हिसावले वालिङ नगरपालिकाले सानाकिसानलाई सम्वोधन गर्न नसकेको समेत उहाँले व्यक्त गर्नुभयो । साना किसान सहकारी बिना गरिवी निवारणको कुनैपनि सम्भावना नभएको ठोकुवा गर्दै नगर प्रमुख अधिकारीले यसमा कुनैपनि सरकारहरु नझुकिदा हुन्छ कि हामी एक्लै हिँडेर विकास गर्न सक्दैनौं भन्ने बुझ्नुपर्ने उल्लेखगर्नुभयो । यसका लागि स्थानीय सरकार प्रमुख उपप्रमुख लगायत वडा अध्यक्षहरुलाई सिकाउन र घच्चच्याउन साना किसान सहकारीका सदस्यहरुलाई आग्रह गर्नुभयो ।
उत्पादनमूलक उद्योगको रुपमा साना किसान कृषि सहकारीलाई लैजाने अभियान रहेको समेत उहाँले व्यक्त गर्नुभयो ।
एउटा साना किसानलाई अप्mठ्यारो पर्दा अर्को साना किसानको मन दुखेको हुन्छ भने सामुहिक कार्यले सबैजनालाई सँगै अगाडि बढाउने नगर प्रमुख अधिकारीको भनाई छ ।
स्याङ्जाको पस्चिमी भाग चण्डी भञ्ज्याङदेखि चिन्नेबाससम्म साना किसान कृषि सहकारीले ढाकीसकेको उल्लेख गर्दै हरेक ठाउँका साना किसान सहकारीहरु उत्पादनका क्षेत्रमा लागिसकेको नगर प्रमुख अधिकारीले उल्लेख गर्नुभयो ।
१ हजार २ सय ३६ जना शेयर सदस्य रहेको सहकारीले किसानहरुलाई आँप, लिची, कागती र सुन्तलाका बिरुवा साथै लोकल कुखुराका चल्ला समेत वितरण गदै आएका संस्थाका अध्यक्ष सीता पाण्डे डुम्रेले बताउनुभयो । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट ७० लाख अनुदान समेत प्राप्त गरेको संस्थाले प्लाष्टिक टनेल, हाते ट्याक्टर, कुटानी पिसानी मिल, स्प्रेयर मेशिन तथा सिंचाइका लागि पाइप समेत वितरण गरेको अध्यक्ष पाण्डेले जानकारी गराउनुभयो । उहाँले तेस्रो वर्षको आरम्भसम्म आइपुग्दा संस्थाले ३ करोड ३९ लाख ६५ हजार ९ सय बराबरकाे कारोवार गरेक १ सय ४० समूह ११ वटा अन्उतर समुहकाे निर्माण गर्नुका साथै यसै आर्थिक वर्षमा१५ प्रतिशत लाभाम्स वितरण गर्ने याेजना रहेकाे समेत जानकारी दिनुभयाे।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal