स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिकाे सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयाेग: कूलपति गुरुङ

गोपाल जिटी

वालिङ,१३ मङ्सिर- गण्डकी विश्वविद्यालयका कूलपति प्राध्यापक डा.गणेशमान गुरुङले स्याङ्जाबाट रोजगारका लागि विभिन्न मुलुक पुगेका स्याङ्जेलीहरुको संस्था स्याङ्जा सहयोग समाजको सामाजिक गतिविधी प्रशंसायोग्य रहेको बताउनु भएको छ ।

दैवी प्रकोप, बाढि पहिरो तथा अपाङ्गता भएका नागरिकहरुलाई राहत सहयोग उपलव्ध गराउनुका साथै विभिन्न सामाजिक क्षेत्रमा सहकार्य गर्नु प्रशंसायोग्य कार्य भएको प्राध्यापक डा. गुरुङले बताउनुभएको हो । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको चौथो विश्व सम्मलेलन तथा सातौँ अधिवेसनको सोमबार वालिङमा उद्घाटन गर्दै प्राध्यापक डा. गुरुङले कोरोना महामारीका समयमा समेत जिल्लाका हरेक पालिकासँग समन्वय गरी सहयोग पु¥याउँदै आएकोमा सराहना गर्नुभयो ।

निजामति सेवाका क्षेत्रमा स्याङ्जाका धेरैजना सेवारत रहेको उल्लेख गर्दै प्राध्यापक डा. गुरुङले संस्थागत नेतृत्वमा समेत क्रियासिल हुनु गौरवको कुरा भएको बताउनभयो । यसका साथै सामाजिक सेवाका क्षेत्रमा समेत अगाडि रहेको समाजले जिल्लामा गरेको गतिविधिले देखाएको उहाँले व्यक्त गर्नुभयो ।

अफ्रिकि मुलुकबाट कोरोनाको नयाँ भाइरस पैmलिन थालेकोले नेपालमा पनि आउनसक्ने हुँदा अनिवार्य मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने लगायत स्वास्थ्यका मापदण्ड पालना गर्न गण्डकी विश्वविद्यालयका कूलपति प्राध्यापक डा. गुरुङले आग्रह छ ।

अधिवेशनले २ वर्षे कार्यकालको समीक्षासहित नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष जीवन न्यौपानेले जानकारी दिनुभयो । कोभिड महामारीको समयमा अक्सिजन तथा स्वास्थ्य सामग्री वितरण, स्वास्थ्योपचारमा आर्थिक समस्यामा परेकाहरुको निम्ति आर्थिक सहयोग, बाढीपहिरो पीडित तथा विभिन्न घटनामा ५० लाख भन्दा बढिको सहयोग गरेको संस्थाले जनाएको छ ।

सन २००५ मा कतारबाट सुरु गरिएको समाजमा जापान, अमेरिका, स्पेन, यूएई, यूके, कतार, दुबई लगायत १९ देशमा कार्यरत प्रतिनिधिहरु गरी ३ सय जनाको सहभागिता रहेको छ । आगामी दुई वर्षका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष र सदस्यहरु सहित ३२ सदस्यीय कार्य समिति निर्वाचित गर्ने समाजले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal