स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिकाे सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयाेग: कूलपति गुरुङ

गोपाल जिटी

वालिङ,१३ मङ्सिर- गण्डकी विश्वविद्यालयका कूलपति प्राध्यापक डा.गणेशमान गुरुङले स्याङ्जाबाट रोजगारका लागि विभिन्न मुलुक पुगेका स्याङ्जेलीहरुको संस्था स्याङ्जा सहयोग समाजको सामाजिक गतिविधी प्रशंसायोग्य रहेको बताउनु भएको छ ।

दैवी प्रकोप, बाढि पहिरो तथा अपाङ्गता भएका नागरिकहरुलाई राहत सहयोग उपलव्ध गराउनुका साथै विभिन्न सामाजिक क्षेत्रमा सहकार्य गर्नु प्रशंसायोग्य कार्य भएको प्राध्यापक डा. गुरुङले बताउनुभएको हो । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको चौथो विश्व सम्मलेलन तथा सातौँ अधिवेसनको सोमबार वालिङमा उद्घाटन गर्दै प्राध्यापक डा. गुरुङले कोरोना महामारीका समयमा समेत जिल्लाका हरेक पालिकासँग समन्वय गरी सहयोग पु¥याउँदै आएकोमा सराहना गर्नुभयो ।

निजामति सेवाका क्षेत्रमा स्याङ्जाका धेरैजना सेवारत रहेको उल्लेख गर्दै प्राध्यापक डा. गुरुङले संस्थागत नेतृत्वमा समेत क्रियासिल हुनु गौरवको कुरा भएको बताउनभयो । यसका साथै सामाजिक सेवाका क्षेत्रमा समेत अगाडि रहेको समाजले जिल्लामा गरेको गतिविधिले देखाएको उहाँले व्यक्त गर्नुभयो ।

अफ्रिकि मुलुकबाट कोरोनाको नयाँ भाइरस पैmलिन थालेकोले नेपालमा पनि आउनसक्ने हुँदा अनिवार्य मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने लगायत स्वास्थ्यका मापदण्ड पालना गर्न गण्डकी विश्वविद्यालयका कूलपति प्राध्यापक डा. गुरुङले आग्रह छ ।

अधिवेशनले २ वर्षे कार्यकालको समीक्षासहित नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष जीवन न्यौपानेले जानकारी दिनुभयो । कोभिड महामारीको समयमा अक्सिजन तथा स्वास्थ्य सामग्री वितरण, स्वास्थ्योपचारमा आर्थिक समस्यामा परेकाहरुको निम्ति आर्थिक सहयोग, बाढीपहिरो पीडित तथा विभिन्न घटनामा ५० लाख भन्दा बढिको सहयोग गरेको संस्थाले जनाएको छ ।

सन २००५ मा कतारबाट सुरु गरिएको समाजमा जापान, अमेरिका, स्पेन, यूएई, यूके, कतार, दुबई लगायत १९ देशमा कार्यरत प्रतिनिधिहरु गरी ३ सय जनाको सहभागिता रहेको छ । आगामी दुई वर्षका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष र सदस्यहरु सहित ३२ सदस्यीय कार्य समिति निर्वाचित गर्ने समाजले जनाएको छ ।

ताजा

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता

२०८३ जेष्ठ १९ गते, मंगलवार

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal