नेपाल लाइभ स्टक इनोभेसनको साझेदारीमा साङ्लीयामा झण्डै दुई करोडको आयोजना

गल्याङ,८ मङ्सिर- स्याङ्जाको गल्याङ नगरपालिका ९ साङ्लीयामा नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाको साझेदारीमा झण्डै दुई करोडको आयोजना परेको छ ।
साङ्लियाका लागि नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा विभाग अन्तर्गत रहेको नेपाल लाइभ स्टक इनोभेसन आयोजना (एनएलएसआइपी) बाट एक करोड ७७ लाख ३३ हजार पाँच सय ७६ रुपैयाँको लागत साझेदारीमा आयोजना सञ्चालन हुन लागेको हो । उपआयोजना अन्तर्गत स्थानीय श्री साङ्लीया मोडेल बाख्रा पालन फर्म कृषक समूहले बुधबार गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा यो जानकारी दिइएको हो ।

जसमध्ये आयोजनाबाट मात्रै ८८ लाख ६२ हजार पाँच सय ५५ रुपैयाँ अनुदानको रुपमा प्राप्त हुनेछ । सार्बजनिक सुनुवाई कार्यक्रममा दिइएको जानकारी अनुसार बाँकी स्थानीय कृषक समूहबाट ३५ लाख ६७ हजार दुई सय ८७ रुपैयाँ मात्रै लगानी गर्नुपर्नेछ भने ५३ लाख तीन हजार सात सय ३३ रुपैयाँ बैंकबाट ऋण लिनुपर्ने सम्झौता भएको छ । साझेदारीमा सञ्चालित कार्यक्रमबाट मोडेल कृषक फर्म समूहका ४२ जना कृषकहरु लाभान्दित हुनेछन् भने चार सय वटा उन्नत जातका बाख्रा र १६ वटा उन्नत जातका बोका थपिनेछन् ।

सार्बजनिक सुनुवाई कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले मासु विक्रीमा पनि नगरपालिकाले अनुदानको व्यवस्था गर्ने बताउनुभयो । उहाँले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्था गरिए जस्तै मासु विक्रीमा पनि निश्चित मापदण्ड बनाएर किसानलाई अनुदानको व्यवस्था गर्ने प्रतिबद्वता जनाउनुभयो ।

नगरप्रमुख अधिकारीले विकासका लागि सबै पक्ष एकजुट हुनुपर्ने पनि बताउनुभयो । उहाँले विकास भन्ने वित्तिकै डोजर लगाएर बाटो बन्ने कुरालाई मात्रै धेरैले बुझ्ने गरेको भन्दै प्रत्येकका हातमा पैसा र सन्तुष्टी हुनु नै विकास हुने बताउनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘सबै विपन्न र गरिबको हातमा पैसा र अनुहारमा सन्तुष्टी झल्किन सकेमा त्यसलाई बल्ल विकास भन्न मिल्छ ।’ आत्मनिर्भर र स्वाबलम्बी बन्नका लागि कृषि र पशुपालनका क्षेत्रमा काम गर्नुपर्ने भन्दै उहाँले जहाँ जे सम्भव छ, त्यही काम गर्नुपर्ने बताउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो –‘यहाँ ठूला उद्योग खोल्ने र रेल ल्याउने कुरा गरेर हुँदैन । हामीले गर्न सक्ने भनेको कृषि र पशुपालनमा लागेर आत्मनिर्भर बन्ने कुरा हो । यसमा सबै लाग्नुपर्छ ।’ नेपालमा दुध र मासुको राम्रो सम्भावना रहेको भन्दै उहाँले विक्रीको ग्यारेण्टी नगरपालिकाले लिने बताउनुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले स्थानीय जनताको आय स्तर बढाउन यो आयोजनाको निकै ठूलो महत्व रहेको बताउनुभयो । उहाँले सबै पक्ष मिलेर आयोजना सफल बनाउन सकिएमा थप आयोजना तथा अनुदान ल्याउन सकिने बताउनुभयो ।
गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले आयोजनाबाट प्राप्त अनुदानलाई सही रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल सरकारले बाख्रा पालिरहेका किसानहरुलाई प्रोत्साहन गर्नका लागि थप अनुदानको व्यवस्था गरिरहेको भन्दै आयोजनाका शीर्षकहरुलाई अक्षरशः पालना गरेर कार्यान्वयन गर्नुपने बताउनुभयो । गल्याङ नगरपालिका वडा नम्बर ९ का सदस्य अमर डिसुवा मगरले यस्ता आयोजनाहरुमा धेरै भन्दा धेरै किसानलाई समेट्न पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका साङ्लीया मोडेल बाख्रा पालन फर्म कृषक समूहका अध्यक्ष दिपेन्द्रबहादुर राना ‘दिपक’ ले आयोजनासँग भएको सम्झौता अनुसार आयोजना सफल पार्ने बताउनुभयो । उहाँले आफ्नो समूहका लागि साझेदारीको आयोजना ल्याउन सहयोग गरेको भन्दै नगरप्रमुख तथा पशु सेवा शाखालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमको सहजिकरण गल्याङ सञ्चार प्रा.लि. गल्याङ एफएम ९२.२ मेगाहर्जका तर्फबाट एफएमका स्टेशन म्यानेजर केपी खनालले गर्नुभएको थियो । आयोजना स्वीकृत भएपछि दुई पटक सार्बजनिक सुनुवाई गर्नुपर्ने प्रक्रिया अनुसार पहिलो पटक सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको हो । आयोजना परेपछि बाख्रा पालन गरिरहेका स्थानीय कृषकहरु उत्साहित भएका छन् ।

ताजा

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal