एमाले स्याङ्जाको ९ पालिकामा नेतृत्व चयन, पुतलीबजार र वालिङमा अधिवेशन जारी
वालिङ,१० कात्तिक– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जारी अधिवेशन अन्तरर्गत स्याङ्जाको ११ पालिका मध्ये ९ पालिकामा नेतृत्व चयन प्रकृया सम्पन्न भएको छ ।
मंगलबार देखि सुरु भएको एमाले अधिवेशनमा जिल्लाको फेदीखोला गाउँपालिका, आँधीखोला गाउँपालिका, हरिनास गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, कालीगण्डकी गाउँपालिका बिरुवा गाउँपालिका, भीरकोट नगरपालिका, गल्याङ नगरपालिका र चापाकोट नगरपालिकामा नेतृत्व चयन प्रकिया सम्पन्न भएको छ भने दुई पालिका पुतलीबजार नगरपालिका र वालिङ नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयनको लागि प्रयास भइरहेको नेकपा एमालेले जनाएको छ । पुतली बजार नगरपालिकामा महेश पुरी, अमृत श्रेष्ठ, ओम खडका, अशोक शर्मा, भरत गोदार लगायतले अध्यक्षमा दावी गर्नुभएको छ भने वालिङमा पुण्यप्रसाद अर्याल, शोभाकान्त पौडेल र यामकान्त खनालले नेतृत्वमा दावी गर्नुभएको छ । नेतृत्वका आकांक्षी बढेकोले सहमतीको आधारमा नेतृत्व चनयको लागि छलफल भइरहेको नेकपा एमालेका सचिवालय सदस्य राजेन्द्र डुम्रेले जानकारी दिनुभयो ।
वालिङका १४ वटै वडाका प्रतिनिधिहरुले निर्वाचनमा नगई सहमतीको आधारमा नेतृत्व चयन गर्नु पर्ने माग राख्दै पार्टी नेतृत्व समक्ष हस्ताक्षर समेत बुजाएका छन् ।
अधिवेशन सम्पन्न भएका पालिकाहरुका अध्यक्षको नामावली यसप्रकार रहको छ ।
फेदीखोला गाउँ कमिटीको अध्यक्षमा घनश्याम सुवेदी, आँधीखोला गाउँ कमिटीको अध्यक्षमा सिंहबहादुर क्षेत्री, हरिनास गाउँ कमिटीको अध्यक्षमा खिमनारायण मानन्धर, अर्जुनचौपारी गाउँ कमिटीको अध्यक्षमा मोहन अधिकारी, कालीगण्डकी गाउँ कमिटीको अध्यक्षमा कृष्ण लामिछाने, बिरुवा गाउँ कमिटीको अध्यक्षमा प्रकाश थापा मगर, भीरकोट नगर कमिटीको अध्यक्षमा विश्वनाथ अर्याल, गल्याङ नगर कमिटीमा दानबहादुर थापा र चापाकोट नगर कमिटीको अध्यक्षमा राजु कोइराला निर्वाचित हुनुभएको छ । निर्वाचन सम्पन्न भएका ९ पालिका मध्ये बिरुवामा मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको थियो भने अन्य पालिकाहरुमा सर्वसम्वत रुपमा नेतृत्व चयन भएको एमालेले जनाएको छ ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















