जापानबाट फर्केर व्यावसायिक कालिजपालन
खेमराज गौतम
गलकोट,२८ असोज– कोरोना सङ्कट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललितबहादुर घर्ती र मनकुमारी घर्ती दम्पतीले भने लाखौँको लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थाल्नुभएको छ ।
ताराखोला गाउँपालिका–२ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन गर्नुभएको छ । लामो समय वैदेशिक रोजगारीका क्रममा जापानमा बस्नुभएका घर्ती दम्पतीले अहिले गाउँमै दुई सय २५ वटा कालिज पालेर व्यवसाय सुरु गरेका छन् । पाँच रोपनी जग्गामा नुवाकोटबाट उन्नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालेको उहाँको भनाइ छ ।
“साढे ५ वर्ष जापानमा आफ्नो पसिना बगाए । सोचेजस्तो विदेशमा कहाँ हुन्छ र ? विदेशमा जस्तो मिहिनेत आफ्नै देशमा गरे के सम्भव नहोला र ? भन्ने सोचले आफ्नै गाउँमै अग्र्यानिक कृषि तथा पशुपक्षी नामको प्राइभेट कम्पनी दर्ता गरेर व्यवसाय थालेको छु,” उहाँले भन्नुभयो, “मैले आफ्नै गाउँठाउँमा केही गरौँ भनेर आफूसँगै श्रीमतीलाई पनि जापानबाट फर्काएको छु ।” घर्ती दम्पतीका दुई छोरा र एक छोरी छन् । उनीहरुलाई समेत विदेशी मोहबाट मुक्त गरेर नेपाल फर्किएको घर्तीले बताउनुभयो ।
जापनमा मेरै गाउँ जस्तै गाउँमा ठूलाठूला कृषि फार्महरु सञ्चालन गरेको देख्दा मनमा आफ्नै गाउँको याद र सम्भावना बोध भएपछि नेपाल फर्किएको उहाँको भनाइ छ । आफ्नै पुख्र्यौली खेतबारीमा अहिले कालिजपालन थालिएको छ ।
अहिले ५० लाखको लगानी गरेर कालिज पालेको र अझै ५० लाखको लगानी गरी गाउँमै जडीबुटीको नर्सरी, कालिजपालनसँगै रेष्टुरेन्ट, तरकारी खेती र ह्याचिङ मेसिनको तयारी गरिरहेको उहाँको भनाइ छ । डेढ वर्षदेखि तयारी गरेर सञ्चालित फार्ममा अहिले कालिज बेच्नलाई तयार भएको र अण्डा पार्नसमेत थालेको घर्तीले बताउनुभयो ।
ताराखोला अग्र्यानिक कृषि उत्पादन र पशुपक्षीपालनको धेरै सम्भावना बोकेको ठाउँ हो । ताराखोलामा विभिन्न खालका जडीबुटी, फलफूल, तरकारी, च्याउ, ताराखोलाको साग, ओखर, आलु, भाँगोको राम्रो माग, उत्पादन तथा बिक्री हुँदै आएको छ । यसलाई अझ व्यवस्थित तवरबाट गरेर उत्पादन बढाउने घर्ती दम्पतीको योजना छ । विशेषतः कालिजपालनसँगै ताराखोलामा होमस्टेसमेत सञ्चालन गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।
“सतुवाको माग अहिले धेरै छ, सतुवा समुन्द्री सतहदेखि दुई हजार दुई सय देखि दुई हजार तीन सयको उचाइमा हुने जडीबुटी हो, यो जडीबुटी जुनसुकै ठाउँमा नहुने कारणले यो ताराखोलामा उत्पादन गर्न सकिने भएकाले सतुवाको नर्सरी गर्ने योजना पनि छ”, उहाँले भन्नुभयो, “ताराखोलामा उत्पादन हुने हरेक कुरामा ताराखोला ब्रान्ड बनाउने सोच गराएको छु । यसलाई देशमा मात्र नभएर विदेशमा पनि बिक्री गर्ने योजना छ ।”
ताराखोलामा उत्पादन गरेका सबै कुरालाई अक्षेते बजार, बुर्तिबाङ बजार, गल्कोट, बागलुङ बजार मात्र नभएर नेपालको चर्चित पर्यटकीय गन्तव्यस्थल मुस्ताङमा समेत पु¥याउने सोच घर्तीको छ । “अहिलेसम्म पालिकाले कुनै सहयोग गरेको छैन, सहयोग र अनुदान पाउला भनेर गरेको व्यवसाय पनि होइन”, उहाँले भन्नुभयो, “पालिकाका कृषि प्रमुखले हामीहरुले गरेको कामलाई हेरेर सल्लाह सुझाव दिएमा आफूलाई काम गर्न सहज हुनेछ । कृषि र पशुपक्षीपालनमा अरू प्रोत्साहित गर्ने अनुदान सहयोग गरेमा पनि राम्रै हुनेछ ।”
अहिले ताराखोलाको आलु, ताराखोलाको बेसार, ताराखोलाको अग्र्यानिक घीउ, भाँगोहरु बागलुङमा मात्र नभएर अन्य जिल्लामा पनि बिक्री गरेका छौँ । ताराखोला गाउँपालिकाले ताराखोलामा उत्पादन गरेका कुराहरुलाई प्राथमिकतामा राख्नुपर्ने घर्तीको भनाइ छ । ताराखोलाको उत्पादनलाई गाउँपालिकाले ब्रान्डका रुपमा अन्य ठाउँमा चिनाउनुपर्नेमा पालिको पछि परेको उहाँको भनाइ छ । रासस
ताजा
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार





















