वालिङमा रेबिज विरुद्धको खोप अभियान शुरु

वालिङ,१३ असोज– स्याङ्जामा निशुल्क रेबिज विरुद्धको खोप अभियान शुरु भएको छ । सप्ताहब्यापी कार्यक्रम मंगलबारदेखि शुरु भएको हो ।
जिल्लाको वालिङमा, गल्याङ लगायतका पालिकाहरुमा अभियान अन्तर खोप लगाउन शुरु गरिएको छ ।
वालिङमा वालिङ नगरपालिका पशु सेवा शाखाको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जा र लियो क्लब अफ वालिङ सिटीको सहकार्यमा ‘रेबिज तथ्य बुझौं, त्रसित नहोऔं’ भन्ने नाराका साथ यो अभियानको शुरु गरिएको छ ।

रेबिज विरुद्ध पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उहाँको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाउने गरिएको छ ।

सप्ताहब्यापी कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख दिलीपप्रताप खाँणले रेबिज विरुद्धको अभियानमा सबै एक भएर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले घरभित्रका वा बाहिरका कुकुर बिरालोलाई रेबिजविरुद्धको खोप लगाई सुरक्षित रहनकालागि अनुरोधसमेत गर्नुभयो ।
रेबिज रोग लागिसकेपछि यसको उपचार तथा बिरामी बच्ने संभावना निक्कै कम हुने भएकाले रोग लाग्नै नदिनका लागि पूर्व सावधानीस्वरुप घरमा पालिएका वा सामुदायिक कुकुर बिरालोलाई निशुल्क रेबिजविरुद्धको खोप लगाईएको नगर प्रमुख खाँणले बताउनुभयो ।

रेबिज प्राणघातक रोग भएकाले पूर्व सावधानी अपनाउन सकेको खण्डमा यसबाट बच्न सकिने भएकाले रोग लाग्ने अवस्था आउन नदिनका लागि नगरपालिकाले निशुल्क खोपको ब्यवस्था गरेको शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताउनुभयो ।

एकसातासम्म सञ्चालन हुने भएकाले एकसातासम्म कुकुर बिरालोलाई निशुल्क खोप लगाउन सकिने पशु सेवा शाखा प्रमुख डा. बसन्तकुमार अधिकारीले बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal