तङ्ग्रिँदै पुष्प व्यवसाय

शर्मिला पाठक

काठमाडौँ,६ असोज– कोभिड–१९ को कारण दैनिकरूपमा रु एक करोडको नोक्सान बेहोरिरहेको पुष्प व्यवसायले अहिले दैनिक करिब रु ५० लाखको कारोबार गर्न थालेको छ ।

कोरोना महामारी हुनुभन्दा पहिले असोजदेखि फागुन महिना फूलको बढी कारोबार हुने समय हो । अहिले राम्रोसँग कारोबार हुने समय पनि भएको र कोरोना सङ्क्रमण दर पनि विस्तारै हट्दै गएकाले यस व्यवसायले गति लिएको हो । विश्वभर फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत डेढ वर्षदेखि नै राम्रो आम्दानी गर्न नसके पनि पछिल्लो समय विस्तारै तङ्ग्रिँदै थालेको छ ।

त्रासकैबीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय विस्तारै खुला हुन थालेसँगै उक्त व्यवसायले पनि लय समातेको हो । अझै पनि मठ मन्दिर, होटल, पार्टी प्यालेस र पर्यटन व्यवसाय पूर्णरुपमा सञ्चालनमा नआएका यस क्षेत्रले नोक्सानको सामना गर्नुपरेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार कोरोना महामारी नहुँदा सामान्य समयमा फूलको दैनिक रु एक करोडभन्दा बढीको कारोबार हुने गरेको थियो । कारोना महामारी उच्च बिन्दुमा पुग्दा मुस्किलले रु दुई लाखको मात्र कारोबार भएको थियो ।

हरेक वर्ष रु तीन अर्बको आर्थिक कारोवार गरिरहेको यस व्यवसायले गत आर्थिक वर्षमा कोरोनाका कारण रु एक अर्ब ६५ करोडको मात्र कारोबारमा चित्त बुझाउनुपरेको थियो । अध्यक्ष तामाङले भन्नुभयो, “अहिले पनि केही फूल भारतबाट ल्याइएका छन् महामारी भन्दै स्वदेशमा उत्पादन भएका फूललाई स्थान छैन । त्यसका लागि स्थानीय व्यवसायलाई परिचयपत्रको व्यवस्था गरी एक स्थानबाट अर्को स्थानमा सहज आवतजावत गर्ने व्यवस्था गरी व्यवसायलाई सञ्चालन गर्ने व्यवस्था गरिदिनुप¥यो ।”

उहाँका अनुसार फूलको कारोबार अत्यन्त कम हुने गर्दछ, नहुने नै भन्ने हुँदैन । अहिले जति फूल प्रयोगमा आएका छन् ती सबै स्वदेशी उत्पादन नै हो । अहिले फूल उत्पादन र प्रयोग बढी हुने समय हो, कोरोनाका कारण यस वर्ष व्यवसायीले यस क्षेत्रमा लगानी बढाएका छैनन् जसका कारण फूल उत्पादनमा कमी आएको छ । आगामी दिनमा महामारीको त्रास हट्दै जाने हो भने यस व्यवसायमा नयाँ लगानी गर्ने लगानीकर्ता थपिने थिए ।

व्यवसायी अन्य पेशामा पलायन
पछिल्लो समय महामारीका कारण नियमित व्यवसाय गर्न नपाएकाले नोक्सानको सामना गर्नुपरेको भन्दै यस व्यवसायबाट २५ प्रतिशत व्यवसायी अन्य पेशामा पलायन भएको एसोसिएसनले बताएको छ । कोरोनाका कारण लामो समयसम्म यस पेशामा कारोबार नहुँदा बजार लान तयार भएका धेरै फूल नष्ट गरी व्यसायी अन्य पेशामा पलायन भएका हुन् ।

विगत १० वर्षदेखि नैकापमा नानीमाया तामाङले पुष्प व्यवसाय सञ्चालन गर्दै आउनुभएको थियो । उहाँका अनुसार महामारीअघि वार्षिक रु १५ लाखसम्म आम्दानी हुने गथ्र्यो तर अहिले आम्दानी शून्य छ । “व्यवसाय निरन्तरताको कुरो धेरै परको हो, दैनिकी चलाउन पनि अन्य विकल्प खोज्नुपरेको छ ।”

पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ । मुख्य गरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ । अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट आयात गर्नुपर्ने अवस्था छ ।

अघिल्ला वर्षमा वार्षिकरूपमा रु दुई÷तीन अर्ब फूलको कारोवार हुने गरेको थियो । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वार्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । असोजदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । हाल व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसायी शहरीकरणको विकाससँगै फस्टाउँदै गएको भए पनि महामारीका कारण अहिले भने सङ्कटमा परेको छ । काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् ।

ताजा

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal