टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै युवा

दिलकुमार लिम्बु
फुङ्लिङ,१६ भदौ– ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका युवा टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । सञ्चालन गर्न सजिलो र राम्रो आम्दानी दिने भएपछि यहाँका युवा टर्कीपालन व्यवसायतर्फ आकर्षित भएका हुन् ।

दुई वर्षअघि फुङ्लिङ नगरपालिका–३ क्यानिमका नेत्रप्रसाद भट्टराईले टर्की पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढ्दै गएको छ । युरोपियन चरा भनेर चिनिँदै आएको टर्कीको मासु र अण्डा दुवैबाट राम्रो आम्दानी हुने भएपछि यसको पालनतर्फ यहाँका युवा आकर्षित हुँदै गएका छन् । स्थानीयवासीले आफ्नो क्षमता अनुरुप १० देखि ७० वटासम्म पाल्न थालेको उहाँले बताउनुभयो । यसको मासु प्रतिकिलो रु. एक हजारमा बिक्री हुने गरेको बताइएको छ ।

सुरुमा प्रतिचल्ला (टर्कीको बच्चा) रु. ७०० मा खरिद गरेर परीक्षणका रुपमा पाल्न सुरु गरेका भट्टराईले यस व्यवसायबाट राम्रो आम्दानी लिन थालेपछि यसतर्फ आकर्षित भएको बताउनुभयो । सुरु आठ÷दश वटा टर्की खरिद गरेर पालन सुरु गरेपछि यसबाट राम्रो आम्दानी भएपछि अहिले यसको सङ्ख्या बढाएर व्यावसायिक रुपमै पालन सुरु गरेको उहाँको भनाइ छ ।

यस्तै मेरिङ्देन गाउँपालिका–३ खाम्लुङ दोभानका मानबहादुर लिम्बूले दुई÷तीनवर्ष अघिदेखि नै टर्कीपालन गर्दै आएको बताउनुभयो । दोभान बजारका होटल व्यवसायीसमेत रहनुभएका लिम्बूले ग्राहकबाट माग हुन थालेको र विदेशी पर्यटक समेतले बढी रुचाउने गरेकाले आफैंले टर्कीपालन गर्न थालेको बताउनुभयो । टर्कीपालन सुरु गरेसँगै यसबाट सोचेभन्दा राम्रो फाइदा र सन्तोषजनक आम्दानी पनि भएको उहाँले बताउनुभयो ।

पछिल्लो समय यहाँका युवा टर्की पालन व्यवसायमा आकर्षित हुँदै गएपनि कोरोना भाइरस सङ्क्रमणका कारण यसमा केही कमी आएको स्थानीयवासीको भनाइ छ । चल्ला ल्याउने स्थानमै कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जोखिम रहेकाले ल्याउन नसकिएको हो उनीहरुको दाबी छ । सहज परिस्थिति भएपछि पुनः पाल्ने योजना बनाएको उनीहरुले बताउनुभयो ।

एकदिने चल्लाको रु. ३५० देखि ४५० सम्म मूल्य पर्ने र ६ महिनापछि खान योग्य हुने स्थानीयवासीको भनाइ छ । चार महिनापछि महिनामा दुई किलोसम्मको दरले बढ्ने, बोसोरहित हुने र मानिसको हड्डी बलियो बनाउनुका साथै मुटु, मधुमेह, रक्तचापलगायत दीर्घकालीन रोगी सबै प्रकारका बिरामीले खाना मिल्ने भएकाले यसको मासुको माग बढी छ ।

चराएर, अन्न, घाँस दिएर पाल्न सकिने, भ्याक्सिन दिन नपर्ने, पाल्दा दुर्गन्ध नहुने र रोगले आक्रमण नगर्ने भएकाले जोखिम पनि कम हुने यसको विशेषता रहेको बताइएको छ ।

तराईको तुलनामा पहाडमा पालेका टर्कीको मूल्य अझ राम्रो पाइने र यसको मासुको माग बढी रहेकाले मागअनुरुप पूर्ति गर्न नसकिएको लिम्बूले बताउनुभयो । एक सय टर्की पाल्दा ६ महिनामा झन्डै रु. चार लाखसम्म कमाउन सकिने उहाँको भनाइ छ । ए ग्रेड जातको टर्की नौ महिनामा १८ किलोसम्म हुन्छ ।

झट्ट हेर्दा वन कुखुरा जस्तो देखिने टर्की हेर्नका लागि आकर्षित पक्षी भए पनि अण्डा उत्पादन र मासुकै प्रयोजनका लागि पाल्ने गरेको स्थानीयवासी बताउँछन् । टर्कीको अण्डा प्रतिगोटा रु. २५० र मासु प्रतिकिलो एक हजार ३०० सम्ममा खरिदबिक्री हुने गरेको छ ।

 मासुमा चिल्लो पदार्थको मात्रा न्यून हुने र यसको उपभोगले स्वास्थ्यलाई फाइदा गर्ने पनि किसानको दाबी छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal