भगवान कृष्णकाे जन्मदिन र गीता

खुमकान्त अर्याल

पाण्डवहरुलाई ५ गाउँ सम्म पनि दिन नमाने पछि कुरुक्षेत्रमा युद्यका लागि तैयार भएर संखघोषको प्रतीक्षामा रहेका दुवै तर्फका हाजारौ हात्ति घोडा रथ र वीर योद्याहरुको वीचमा पुगेका अर्जुनले विपक्षको तर्फवाट लडाईमा उपस्थित आाफन्तहरु लाई देखे पछि भने “ हे कृष्ण ! मेरो हात कामी रहेको छ, मेरो गाण्डिव धनु पनि हात वाट खस्दै छ , मेरो शरीर पुरै भतभती पोलिरहेको छ , यसरी आफन्तहरुलाई मारेर यो राज्य मलाई चाहिैदन, मेरो सारा सन्तान र आाफन्तहरु मर्ने छन् पिन्न पानी वन्द हुनेछ, यसो हुदा वर्ण शंकरहरुको जन्म हुनेछ , हाम्राे वंशकाे झन अधोगति हुनेछ ” जस्ता कुरा गरेर युद्दबाट भाग्ने मनसुवा व्यक्त गरे ।

याँहा उपस्थित सवै संगको नाता शरीरको हो र शरीर वाहेक आर्को कुनै कुरा सत्य छैन, आँफुलाई कर्ताको रुपमा वुझेको कारण उनी लड्न वाट भाग्ने कुरा गर्दै थिए । हो हामी सवैजाना चुनौती पुर्ण कर्म गर्ने समयमा विभिन्न वुद्दिवादि तर्क गरेर भाग्ने कोशिस गर्दछौ । अज्ञान र लोभ समेतका कारणले हरेक काममा सन्देह र द्विेविधा हुने गर्दछ । हामी सवै अाइपरेकाे वेला अर्जुन जस्तै कर्तव्य वाट भागेर सन्देह र द्विविधाको तर्क वोकेर हिड्छौ, सन्सार सवै त्यस्तै नै छ । न त उनका आफन्तहरु अर्जनले नलड्दैमा सधै वाँच्छन न त अर्जन नलड्दैमा दुर्योधन सधै राजा हुन्छन ।

शरीर र आत्माको यथार्थ ज्ञान नभएको कारण अर्जुन आँफुलाइ कर्ता ठानीरहेका थिए अथवा अाँफुलाइ उनीहरूकाे जीवन दाता ठान्दथे, वा समाजका अगिल्तिर उनीहरूलाइ सहानुभुती देखाएर प्रशंसित हुन चाहन्थे, याे पनि एकखालकाे स्वार्थ र अहंकार हाे । अर्जु्नको याे माेह र अज्ञान हटाउनका लागि श्रीकृष्णले भने, “ हेर अर्जुन ! हरेक मानिसले अाँफ्नाे ताेकिएकाे कर्तव्य पुरा गर्नु पर्दछ , शरीर अस्थायी भएको, आत्मा नित्य र अमर रहेको र यो सन्सारमा मानिसमा कर्म गर्ने मात्र अधिकार छ र कर्मकाे फल स्वयं भगवानको हातमा हुने गर्दछ ।

” हामीहरुले आँफुलाइ कर्ता ठानेर कर्म गरेको कारणलेनैे दु’ःख र वन्धनमा हुने हुदा गरिएका कर्महरू जति सवै भगवानका भागमा छाडिदियो भने कर्मको वन्धनमा नभईने र फलको इच्छा नराखिकन काम गरियो भने सो कामको लाभ हानीले हाम्राे मन प्रभावित नहुने र फलको आस राखेर गर्दा भन्दा वढी प्राप्त हुने हुदा र क्षत्रियले ,राजाले न्याय कायम गर्नेकाे लागि अावस्यक परे लडाइ गर्नु कर्तव्य भएकाेले जीतहार भन्दा पनि कर्तव्य पुरा गर्नकाे लागि पनि याे लडाइमा भागलिन सल्ला र ज्ञान दिए ।

कृष्ण भन्छन, परम्परागत धर्म र कर्तव्य निर्वाह गर्दा कुनै पाप नलाग्ने वरु युद्दमा जिते राज्य प्राप्त हुने, मरे स्वर्गको प्रप्ति हुने छ ताेकिएकाे कर्म गर्दा मरे पनि कृति रहने र नगर्दा यश गुम्द छ भनेर सम्झाए र कर्ममा खटिएका वेला वदनियत नराखिकन फलकाे अाशा नराखिकन लडाइ गर्दा काेही मर्छ भने पनि उसकाे शरिर मर्नेहाे अात्मा मर्दैन र मरेकाे अात्माले सम्मान सहित स्वर्गमा स्थान प्राप्त गर्ने र मार्नेवालालाइ पनि पाप र देाश नलाग्ने िसद्दान्तका वारे अर्जुनलाइ वेस्करी सम्झाए ।, मानिसको खास उदेश्य ईस्वरकाे प्राप्तिहो । इश्वर प्राप्तीकाे लागि सर्वसाधारणहरू जो धेरै वौद्दिक कुरा जान्दैनन उनिहरुका लागि कर्मको मार्ग, जसमा ईस्वर प्रती आस्था छ र सन्सारको पनि अभिलासा छ उनिहरुलाई भक्तिको मार्ग र जो आफुलाई वुद्दिजीवि ठान्छन उनीहरुलाइ योग तथा ज्ञानको मार्गवाट दुःख मुक्त भइ मोक्ष प्राप्त गर्न सकिने उपदेश िदए ।

अझैपनि अर्जुनको अज्ञान र भ्रम वाँकी भएकोले सन्देह हटाउन श्रीकृष्णले अाँफु व्रम्ह भएको र सारा जगत आँफुमा समेटिएको विराट स्वरुपको दर्शन गराए पछि अर्जुनको समग्र अज्ञान हट्यो । तव कृष्णकाे व्रम्ह शक्ति तथा व्रम्हाणडकाे असली रूप र लिला लाई अर्जुनले वुझे र भगवान प्रति समर्पित भएर अर्जृनले भने “ भगवन ! मलाइ हजुरले कृपा गरिकन मेरो उद्दार गरि वक्सियोे ,अव मेरो मोह नष्ट भयो, मेरो सबै शंसय नाश भयो, अव म आत्माको स्थितिमा फर्किैएं, म अव हजुरको आदेशानुसारको काम गर्न तैयार भएको छु ” भनेर अर्जुनले हतियार लिएर काैरव संगकाे लडाइमा सामेल भए । युद्दमा अर्जुको पक्ष वाट जीत भयो । फलको इच्छा वाट प्रेरित भएको,आँफु लाई शरीर र मालिक ठानेर इस्वरकाे सत्तालाइ स्वीकार नगर्ने, अाँफुलाइ सर्वस्व ठान्ने, पाखण्ड ,छलकपट, वैमानी र धुर्त्याइ गर्ने कौरवको पक्ष समुल नष्ट भयो ।

छलकपटको मार्ग कहिल्यै पनि सफल नहुने, सत्य र इमानको कर्म गर्नेहरूलाइ एकछिन कष्ट अाइलागेपनि अन्तमा िवजयी हुने सन्देस सहित माहाभारतको युद्द समाप्त भयो । युद्दमा श्री कृष्णले अर्जुनलाई दिएको यो परम ज्ञान जसलाइ ‘ श्रीमद्भागवत गीता’ भनिन्छ सन्सारका लागि र समग्र मानवजातिकाे लागि अहिले पनि त्यत्तिकै सान्दर्भिक र उपयोगी छ, धेरैले यसबाट लाभ िलइपनि रहेका छन् । गीता सम्पुर्ण हिन्दु ग्रन्थहरुको साररुप हो, तर याे ज्ञान कुनै पनि सम्प्रदाय वा धर्म िवशेष वाट माथि छ, जुनसुकै धर्ममा अास्था राखेता पनि यसमा वर्णित ज्ञानकाे रसपान गर्न सके अाध्यात्मिक लाभ र व्रम्ह सम्वन्धी रहस्य र उत्तर प्राप्त गर्न सकिन्छ ।

यसमा घेरै अमुल्य संवाद र ज्ञान छ ,सानो लेखमा समेटिन सक्ने विषय भएन तैपनिे द्वापर यूगकाे भाद्र कृष्ण अष्टमीकाे ितथिमा मथुरामा भएकाे कंशकाे कष्टपुर्ण वन्दि गृहमा, जन्म लिएर पनि सन्सारमा कष्ट र वन्धनरूपी गृहमा रहेका तमाम जीव तथा चराचरलाइ मुक्ति िदएर कल्याण गरेका र कल्याण गर्ने अपुर्व गीतारूपी ज्ञान िदने श्रीकृष्णलाई,कृष्णा जन्मष्टमीकाे यस पावन ितथिमा पुष्पान्जली समर्पण गर्दछु, जय श्री कृष्ण । लेखक अर्याल विभिन्न विषयमा समय सन्दर्भ अनुसार लेख लेख्ने गर्नुहुन्छ ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal