मन्त्री चयनको जिम्मेवारी अध्यक्ष नेपाललाई

काठमाडौं,१३ भदौ– नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने व्यक्तिहरुको टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । संसदीय दल गठनका लागि आज बसेको बैठकले सो जिम्मेवारी अध्यक्ष नेपाललाई दिएको हो ।

बैठकले प्रतिनिधिसभा, संसदीय दलका नेतामा अध्यक्ष नेपाल र राष्ट्रियसभा संसदीय दलका नेतामा बेदुराम भुसाललाई चयन गरेको छ । बैठकले पाँच सदस्यीय संसदीय दलको विधान बनाउन मस्यौदा कमिटी निर्माण गरेको छ ।

चाँडै मन्त्रिमण्डल पुनर्गठन हुने र त्यसका लागि आवश्यक समयमा निर्णय गरिने सांसद विरोध खतिवडाले बताउनुभयो । उहाँका अनुसार सरकारमा पार्टीले पाउने मन्त्रालयको सङ्ख्या र कुन कुन मन्त्रालय भन्ने टुङ्गो सरकारमा सहभागी दलहरुको गठबन्धनले गर्नेछ ।

उहाँले भन्नुभयो, “पहिले मन्त्रालय टुङ्गो लागेपछि नै पार्टीले व्यक्ति टुङ्गो लगाउनेछ ।” केही दिनमै मन्त्रिपरिषद् विस्तार हुने सांसद खतिवडाले जानकारी दिनुभयो । पार्टीले सरकारमा सहभागी हुने व्यक्ति छान्दा काम, योग्यता, वरिष्ठता, क्षेत्रीय र लैङ्गिक समावेशितालाई ध्यान दिइने उहाँको भनाइ छ ।रासस

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal