मन्त्री चयनको जिम्मेवारी अध्यक्ष नेपाललाई

काठमाडौं,१३ भदौ– नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने व्यक्तिहरुको टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । संसदीय दल गठनका लागि आज बसेको बैठकले सो जिम्मेवारी अध्यक्ष नेपाललाई दिएको हो ।
बैठकले प्रतिनिधिसभा, संसदीय दलका नेतामा अध्यक्ष नेपाल र राष्ट्रियसभा संसदीय दलका नेतामा बेदुराम भुसाललाई चयन गरेको छ । बैठकले पाँच सदस्यीय संसदीय दलको विधान बनाउन मस्यौदा कमिटी निर्माण गरेको छ ।
चाँडै मन्त्रिमण्डल पुनर्गठन हुने र त्यसका लागि आवश्यक समयमा निर्णय गरिने सांसद विरोध खतिवडाले बताउनुभयो । उहाँका अनुसार सरकारमा पार्टीले पाउने मन्त्रालयको सङ्ख्या र कुन कुन मन्त्रालय भन्ने टुङ्गो सरकारमा सहभागी दलहरुको गठबन्धनले गर्नेछ ।
उहाँले भन्नुभयो, “पहिले मन्त्रालय टुङ्गो लागेपछि नै पार्टीले व्यक्ति टुङ्गो लगाउनेछ ।” केही दिनमै मन्त्रिपरिषद् विस्तार हुने सांसद खतिवडाले जानकारी दिनुभयो । पार्टीले सरकारमा सहभागी हुने व्यक्ति छान्दा काम, योग्यता, वरिष्ठता, क्षेत्रीय र लैङ्गिक समावेशितालाई ध्यान दिइने उहाँको भनाइ छ ।रासस
ताजा

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई
२०८२ असार ३१ गते, मंगलवार
सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई
२०८२ असार ३१ गते, मंगलवार
स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
बुद्धको प्रतिमा र राताम्मे पहाड
२०८२ असार २५ गते, बुधबार
स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित
२०८२ असार २५ गते, बुधबार
मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती
२०८२ असार २४ गते, मंगलवार
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का
२०८२ असार २४ गते, मंगलवार
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती
२०८२ असार २० गते, शुक्रबार
मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद
२०८२ असार २० गते, शुक्रबार
भीरकोटमा उत्कृष्ट कृषक सम्मानित
२०८२ असार १९ गते, बिहीबार