धानबालीमा रोग लागेपछि नवलपुरका किसान चिन्तित
दयाराम आचार्य
कावासोती,३ भदौ – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा लगाइएको धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । वडा नं १४ का किसान मानसिंह गुरौको १० कट्ठा क्षेत्रफलमा लगाइएको धान पूरै रातो भएर सुकेको छ । “गोडमेल गरेर मलजल हालेपछि धान सप्रेला भनेको झनै पात सबै सुकेर मर्न लागेको छ”, उहाँले भन्नुभयो ।
यस वर्ष समयमै पानी पर्दा रोपाईँ पनि समयमै भएकाले किसानले धान खेती राम्रो हुने आशा गरेका थिए तर, धानमा बाला लाग्ने बेला हुन लाग्दा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको धान ब्लक क्षेत्र कावासोती–१७ र गैँडाकोटका वडा नं ११ र १२ मा पनि रोग देखिएको छ ।
किसानको गुनासो आएपछि कृषि ज्ञान केन्द्रले अनुगमन गरेको छ । धान ब्लक सञ्चालन गरिएको कावासोती र गैँडाकोटमा अनुगमन गरिएको हो । जिल्लाका आठवटै स्थानीय तहबाट धानमा रोग देखिएको गुनासो आएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो ।
क्रमशः सबै स्थानीय तहमा अनुगमन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख वासु रेग्मी, प्रभनमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख विष्णुप्रसाद शर्मा समेतको सहभागितामा केही दिनअघि अनुगमन गरिएको हो ।
ज्ञान केन्द्रका बाली विकास अधिकृत मीरा चौधरीका अनुसार धानमा ब्याक्टेरीयल, ढुसीजन्य रोग र गबारो देखिएको छ । सबैभन्दा बढी खाद्य तत्वको कमी पाइएको छ । धान बालीमा पानी बढी हुँदा ब्याक्टेरीयल र ढुसीजन्य रोग देखिने उहाँको भनाइ छ । खाद्य तत्वको कमीले पनि पात रातो हुने, बाली सुक्ने उहाँले बताउनुभयो । किसानले खाद्य तत्वको कमी भएको भन्ने थाहा नपाउँदा खेतीमा नोक्सान पुग्ने गरेको उहाँले जानकारी दिनुभयो ।
चौधरीका अनुसार अधिकाशं किसानले धानमा डिएपी र युरिया मल राख्ने तर पोटासको प्रयोग गर्दैनन् । पोटासको कमीले पनि धानबाली सप्रिदैन् । अर्को, किसानले धेरै वर्षसम्म एउटै जातको धानबाली लगाउँदासमेत यस्तो समस्या देखिएको हो । एउटा जातको बाली बढीमा चार वर्षसम्म प्रयोग गरेपछि फेर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
त्यस्तै अर्को कारण भनेको प्रयाप्त मात्रामा गोबर मल वा अर्गानीक मलको प्रयोग नगर्ने, रसायनिक मलको बढी प्रयोग गर्दा पनि यस्तो समस्या देखिएको चौधरीले जानकारी दिनुभयो । अनुगमनका क्रममा किसानलाई धानमा देखिएको समस्याको समाधानका बारेमा समेत जानकारी थियो । जिल्लाका धेरै किसानले सावित्री, हर्दिनाथ, वारलगायतका जातका धान लगाएका छन् ।
कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख रेग्मीले प्रदेशको सबैभन्दा बढी धानखेती हुने जिल्ला भनेको नवलपरासी पूर्व भएका कारण यहाँ धान ब्लक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । धानमा विभिन्न खाले समस्या देखिएपछि कार्यक्रमसमेत प्रभावित हुने भएकाले आफूसमेत किसानको समस्या बुझ्न र समाधान कसरी गर्न सकिन्छ भनेर अनुगमनमा आएको उहाँले बताउनुभयो ।
धान ब्लक कार्यक्रममार्फत खेतीको क्षेत्रफल विस्तार गर्दै उत्पादनमा वृद्धि गर्ने, धानको बीउसमेत किसान आफैँले उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएकाले रोग किरालगायतका समस्याले किसान पनि मर्कामा पर्ने र कार्यक्रमसमेत प्रभावित हुने उहाँले बताउनुभयो । ब्लक कार्यक्रमअन्तर्गत किसानलाई कुलो, नहरलगायतका पूर्वाधार निर्माण, यान्त्रीकरण र बीउबीजन तथा प्राविधिक ज्ञान प्रदान गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
ताजा
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार





















