रेल्वे मुआब्जा विवाद टुङ्गिएसँगै कामले गति लिने विश्वास

गोेपालप्रसाद बराल

महोत्तरी,३ भदौ – बर्दिबास–जनकपुर–जयनगर र पूर्वपश्चिम रेल सेवा विस्तारको काम अब अघि बढ्ने जिल्लावासीले विश्वास लिएका छन् ।

बर्दिबासमा रेल्वेको प्रस्तावित जग्गाको मुआब्जा विवाद टङ्गिएसँगै अब कामले गति लिने यहाँ विश्वास पलाएको हो । जिल्लास्थित जग्गा मुआब्जा निर्धारण समितिले बुधबार बर्दिबासको रेल्वे प्रस्तावित जग्गाको मूल्य निर्धारणको टुङ्गो लगाएको हो ।

“पछिल्ला सात वर्षयताको विवाद अब टुङ्गिएको छ, हामीले सबै सरोकारवालासँगको परामर्शमा मूल्य निर्धारणको काम टुङ्ग्याएका छौँ”, प्रमुख जिल्ला अधिकारी तथा जग्गा मुआब्जा मूल्य निर्धारण समितिका अध्यक्ष तीर्थराज भट्टराईले आज बिहान सञ्चारकर्मीसँग भन्नुभयो, “अब मूल्य निर्धारणबारेको सूचना तत्काल निकाल्छौँ, भदौ अन्त्यतिर मुआब्जा सम्बन्धित जग्गाधनीलाई दिने काम थालिन्छ ।”

समितिले बर्दिबास नगरपालिका वडा नं १ र १४ (साविक बर्दिबास गाविस क्षेत्र) को रेल्वेका लागि पूर्वमा रातु नदीदेखि पश्चिममा भव्सी नदीबीचमा पर्ने प्रस्तावित ५९ बिघा क्षेत्रफल जग्गाको बुधबार साँझ मूल्य निर्धारणको विषय टुङ्ग्याएको हो । बर्दिबासका दुवै वडामा रेल्वेले रोक्का राखेको जग्गाको न्यूनतम रु सात लाखदेखि अधिकतम रु ८१ लाखसम्म प्रतिकट्ठा मूल्य निर्धारण गरिएको भट्टराईले जानकारी दिनुभयो ।

जग्गाको मुआब्जा विवाद टुङ्गिएसँगै अब रेल्वे सेवा विस्तारको कामले गति लिने बर्दिबास–१४ का वडाध्यक्ष भरतबहादुर हमालको विश्वास छ । यसअघि रेल्वेमा परेको जग्गाको उचित मूल्य दिनपर्ने माग राख्दै जग्गाधनी आन्दोलित भएपछि रेल्वे लिक निर्माणको काम बढ्न सकेको थिएन । जयनगर–बर्दिवास रेल्वे परियोजनाको ६९ किलोमिटर दूरीमध्ये जयनगरदेखि विजलपुरा ९भङ्गाहा० सम्म लिक र पुलपुलेसाको काम सम्पन्न भइसकेको छ ।

भङ्गाहादेखि बर्दिबाससम्मको १८ किलोमिटर दूरीभित्र साविकका भङ्गाहा र किसाननगर गाविस भङ्गाहा अब नगरपालिका र किसाननगर अब बर्दिबासका वडा नं ६ र ७ को मूल्य निर्धारण गत वर्ष नै टुङ्गिएको छ । अहिले साविक बर्दिबास गाविसको मुआब्जा निर्धारण टुङ्गिएपछि जिल्लामा अब झमेला नरहेको बर्दिबासका नगर प्रमुख विदुरकुमार कार्की बताउनुहुन्छ । किसाननगर र बर्दिबासबीचमा धनुषाको मिथिला नगरपालिकाको मुआब्जा त्यहाँबाट निर्धारण हुना साथ सबैतिरको रेल विस्तारको कामले गति लिने कार्कीको विश्वास छ ।

जयनगर–बर्दिबास रेल्वेको जम्मा ६९ किलोमिटर दूरीमध्ये प्रथम खण्ड जयनगरबाट कुर्थासम्म ३४ किमी, कुर्थाबाट महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित विजलपुरा स्टेसनसम्म १७ किमी दोस्रो खण्ड र विजलपुराबाट महोत्तरीकै बर्दिबाससम्म १८ किमी दूरीलाई तेस्रो खण्ड भनिएको छ । अहिले प्रथम खण्ड तयार भएर सेवा सञ्चालनको तयारी गरिएको र दोस्रो खण्डको काम पनि सम्पन्न भएर परीक्षण मात्र बाँकी छ । पहिलो र दोस्रो खण्डमा चाँडै सेवा सञ्चालन र तेस्रो खण्डमा काम थाल्ने अबको तालिका रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

दुई दशकअघिसम्म जयनगर–जनकपुर–विजलपुरासम्म रेल सेवा सञ्चालनमा थियो । विसं २०५९ को बर्खे भेलले हाल लोहारपट्टि नगरपालिकाको बिगही पुल भत्काएपछि त्यतिखेरको जनकपुरदेखि विजलपुरासम्मको रेल सेवा बन्द भएको थियो । अहिले त्यतिखेरको सानो लिकको ठाउँमा ब्रोडगेज लिक बनेको छ । अबको रेल सेवा सुविधायुक्त र छिटो छरितो हुने सर्वसाधारणले आश गरेका छन् ।

अहिले कुर्थादेखि भारतको सीमावर्ती शहर जयनगरसम्म सञ्चालन हुने गरी ल्याइएको रेलसेट परीक्षणपश्चात धनुषाको इनरवा स्टेसनमा पार्किङ गरिएको छ । प्राविधिक दक्ष जनशक्ति र प्रशासनिक जनशक्ति व्यवस्थापन गरेर रेल चलाउने तयारी रहेको रेल विभागले जनाएको छ । सन् २०१४ मा भारत सरकारसँगको सम्झौतामा भारतकै रु सात अर्ब २० करोड अनुदान सहयोगमा थालिएको जयनगर–जनकपुर–बर्दिवास रेल्वे स्तरोन्नतिको काम सन् २०१९ मै सकिनुपर्ने तालिका थियो ।

यद्यपि यसबीचका आन्दोलन (मधेश आन्दोलन), प्राकृतिक विपत्ति (भूकम्प र बाढी) र जग्गा मुआब्जा प्रक्रिया नटुङ्गिँदा परियोजना सम्पन्न गर्न ढिलाइ भएको रेल विभागले स्वीकार गरेको छ ।रासस

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal