जनस्वास्थ्य विधेयकमाथि छलफल

वालिङ,२ भदौ– वालिङ नगरपालिकामा जनस्वास्थ्य सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथि आज दफाबार छलफल भएको छ ।
पब्लिक पोलिसी पाठशालाको सहजीकरणमा तयार पारिएको विधेयकमाथि दफाबार छलफल गरी अन्तिमरुप दिने तयारी गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
पहिलो चरणमा आज छलफल गरिएको र थपघट गर्नुपर्ने बुँदाहरुलाई संशोधन र परिमार्जनसहित कार्यपालिका बैठकबाट पारित गरी नगरसभामार्फत ऐनकोरुपमा अगाडि बढाईने नगर प्रमुख खाँणले बताउनुभयो । जनस्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण पक्ष र विषयलाई विस्तृतरुपमा समेटिएको नगर प्रमुख खाँणले बताउनुभयो ।
नगर प्रमुखसहित विधायन समिति, सामाजिक विकास समिति तथा सरोकारवाला पक्षहरुको उपस्थितिमा विधेयकमाथि दफाबार छलफल गरी अन्तिमरुप दिनका लागि सहजीकरणको भूमिकामा रहेको पब्लिक पोलिसी पाठशालालाई सुझाव दिईएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।
विधेयकलाई आगामी पुसमा हुने नगरसभामार्फत पारित गरेपछि राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आउने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो ।
ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चाैतारी: अबकाे गन्तव्य
२०८१ चैत्र १० गते, आईतवार
वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित
२०८१ चैत्र ६ गते, बुधबार
वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी
२०८१ चैत्र ५ गते, मंगलवार
प्रथम पिंक सिटी महोत्सव सम्पन्न
२०८१ चैत्र ३ गते, आईतवार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार