अमेरिकी सेनाले काबुलबाट उद्धार गरेका ११८ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं,१ भदौ – अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका ११८ जना नेपाली कामदार आज बिहान काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कुवेतबाट चार्टर्ड विमान मार्फत मार्फत नेपालीलाई काठमाडौं ल्याइएको हो ।
कुवेतबाट जजिरा एयरवेजको विमान मार्फत मार्फत उनीहरू मंगलबार कुबेतबाट नेपाल आइपुगेका हुन् । अमेरिकाले आफ्नो खर्चमा उद्दार उडानमार्फत नेपालीलाई काठमाडौं ल्याएको हो । कामदारलाई स्वागत गर्न एयरपोर्टमा अमेरिकी दूतावासका कूटनीतिज्ञहरु पुगेका थिए । बिहान १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
उद्धार गरेर ल्याइएका नेपाली अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । उनीहरूलाई यूएस फोर्सको विमानबाट काबुलबाट कुवेत पुर्याइएको थियो।
ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चाैतारी: अबकाे गन्तव्य
२०८१ चैत्र १० गते, आईतवार
वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित
२०८१ चैत्र ६ गते, बुधबार
वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी
२०८१ चैत्र ५ गते, मंगलवार
प्रथम पिंक सिटी महोत्सव सम्पन्न
२०८१ चैत्र ३ गते, आईतवार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार