आठौँ दिन हेलिकोप्टरबाट मालगाउँ पुग्यो छानबिन टोली
लोकेन्द्र जोशी
दार्चुला,२२साउन– जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न आएको छानविन समिति शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत व्याँसको माल गएको छ । बिहीबार भारतीय बाटो हुँदै घटनास्थल पुगेको छानबिन समिति घटना भएको आठौँ दिन नेपालतर्फबाट घटनास्थल हेर्न हेलिकोप्टरमार्फत मालगाउँ प्रस्थान गरेको हो ।
व्याँस गाउँपालिका–२ मालघाटको स्थलगत निरीक्षण गर्न तथा पीडित परिवारसँग छलफल गर्न टोली गएको समिति सदस्य एबं सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले बताउनुभयो । बिहीबार एसएसबीकै समन्वयमा भारतको बाटो हुँदै टोली घटनास्थल गएपछि नेपालतर्फ स्थलगत रूपमा टोली अध्ययन गर्न नआएको भन्दै व्याँसका स्थानीय र नेकपा विप्लव समूहका कार्यकर्ताले नारा–जुलुस गरेका थिए ।
व्याँसका जनतालाई गाउँसम्म पुग्न राम्रो घोडेटो बाटो समेत छैन् । ठाउँ ठाउँमा बाटो भत्किएको छ । नेपालतर्फबाट हिडेर जान बाटो अप्ठ्यारो भएकोले हेलिकोप्टरमार्फत टोली माल गएको हो । प्रतिवेदन बनाउन १० दिनको समय पाएको गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली गत मंगलबारदेखि दार्चुलामा छ । साउन १५ गते मालगाउँबाट सदरमुकाम खलंगा आउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिदा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । बेपत्ता धामी आठ दिनसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
घटनाको सत्यतथ्य छानविन गर्न चौतर्फी दबाब बढेपछि सरकारले पाँच सदस्यिय छानविन समिति गठन गरेको छ । छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् । माल जान हेलिकोप्टरमा चारजनाको मात्रै सिट क्षमता भएपछि समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी जोशीबाहेक चार जनाको टोली माल गएको छ ।
समितिले दार्चुला पुगेयता घटनास्थलमा खटिएका अनुसन्धान टोली, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, घटनाका प्रत्यक्षदर्शी, पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक दल र व्याँस गाउँपालिकाका जनप्रतिनिधिहरूसँग छलफल गरेको छ । विहिबार भारततर्फको घटनास्थल गएको छानबिन टोलीलाई धार्चुलाबाटै एसएसबीले सुरक्षा दिएको थियो । एसएसबीको ११ नम्बर बाहिनी डिडीहाटका सिओ महेन्द्रप्रताप सिंह नेतृत्वको टोली समितिसंगै मालघाट गएको थियो । टोलीले तुइन बाँधिएको रूखको नापजाँच लिएको छ । अपराधमा संलग्न एसएसबीसँगै गएर अनुसन्धान गर्नुको औचित्य नभएको भन्दै स्थानीयले तुइन लगाइएको ठाउँमै आएर प्रदर्शन गरेका थिए । नेपालपट्टिबाट राष्ट्रिय झन्डा देखाउँदै उनीहरूले नेपालतर्फ आएर पनि अनुसन्धान गर्न माग गरेका थिए ।
महाकाली तर्न नेपालतिर काठको खाँबो गाडिएको छ भने भारततर्फ टुडीको रूख छ । तर, अहिले दुवैतर्फ तार छैन । एसएसबीले रूखबाट तार फुकालेको हो वा काटेको हो भन्ने देखिने प्रमाण केही नभएको अधिकारीहरूको भनाइ छ । महाकाली नदी वारिपारि झन्डै ५० मिटरको दूरी छ । समाचार संकलनका लागि गएका पत्रकारलाई एसएसबीले घटनास्थलमा क्यामेरा लैजान रोक लगाएको छ । सुरुमा घटनास्थल जानै रोकिरहेको एसएसबीले अन्तिममा नेपाल–भारत जोड्ने झोलुंगे पुलबाट क्यामेरा नलगीकन मात्रै जान दिएको थियो । शुक्रबार दार्चुलामा नेपाली सेनाले समेत रिपोर्टिङको क्रममा क्यामेरा प्रयोगमा रोक लगाएको पत्रकार नरेन्द्र कार्कीले बताउनुभयो ।
स्थानीय प्रशासनले बयानका लागि सदरमुकाम झिकाइएका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रंकोली र अनिता धामी गाउँ फिर्ता भएका छन् । प्रहरी सुरक्षामा नेपालकै बाटो भएर उनीहरूलाई गाउँ पठाइएको हो । गत १८ साउनमा सोधपुछका लागि भन्दै उनीहरूलाई दुईजना प्रहरीको निगरानीमा सदरमुकाम ल्याइएको थियो । गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीले बुधबार दिनभरि उनीहरूसँग बयान लिएर राति अबेर आफन्तको जिम्मामा लगाएपछि विहिबार विहान गाउँ फिर्ता पठाइएको हो । खलंगामा रहँदा उनीहरूलाई पत्रकार र मानव अधिकारकर्मीसँग भेट्न रोक लगाइएको थियो । स्रोतः गोरखापत्र
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















