‘एक महिनाभित्र सुकुम्बासीलाई धनीपूर्जा वितरण गर्न सुरु गर्ने योजना थियो’

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले मंगलबार भूमि सम्बन्धी समस्या समाधान आयोगलाई विघटन गरेको छ । आयोगका पदाधिकारीलाई मात्र बर्खास्त गर्दा अदालतबाट फर्कने डरले सरकारले आयोग नै भंग गरेको हो । २०७७ साल वैशाख १ गते गठन भएको यो आयोगले १६ महिनामा करिब १२ लाख सुकुम्बासीलाई धनीपूर्जा वितरणको तयारी गरिरहेको थियो । यस बाहेक भूमिसँग सम्बन्धित अन्य समस्याहरुको पहिचान र निरुपण गर्ने काममा पनि आयोग निरन्तर लागेकै थियो । आयोग विघटन भएपछि अध्यक्ष देवी ज्ञवालीको सरकारसँग सोधाइ छ ‘हामीले बाँड्न ठिक्क पारेका धनपिूर्जा सुकुम्बासीले पाउछन् कि पाउदैनन् ?’ यस विषयमा नेपाली बहस डट कमले ज्ञवालीसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

तपाईंहरुलाई केके काम गर्ने जिम्मेवारी दिइएको थियो ?
आयोगलाई खासगरी भूमि सम्बन्धी लगतको पहिचान र प्रमाणिकरण, भूमिहिन दलितको जुन संवैधानिक अधिकारको कुरा छ भूमिको हक । धारा ४० मा उल्लेख भए अनुसारको बसोबासको व्यवस्था गर्ने कुरा थियो । सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउने कुरा थियो । अव्यवस्थित बसोबासीहरुको पहिचान र व्यवस्थापन गर्ने जिम्माा थियो ।

मेरो पनि सरकारसँग सोधाइ यही किसुकुम्बासीलाई वितरण गर्न ठिक्क पारेका धनीपूर्जा अब के हुन्छन् ? सरकारले यी सबै कुरालाई ग्रहण गरेर निरन्तरता दिन्छ कि दिदैन यो सरकारले नै जान्ने कुरा भयो तर सरकारको पहिलो कामबाटै के थाहा भयो भने यो सरकार सुकुम्बासी समस्यालाई समाधान चाहँदैन

तपाईंहरुले के के काम गर्नु भएको थियो ?
हामीले सुकुम्बासीलाई व्यवस्थित गर्ने क्रममा हालसम्म १२ लाख सुकुम्बासी परिवारको पहिचान गरेका थियौं । विगतका आयोगहरुका अधुरा कामहरु छानविन गर्दै थियौं । झण्डै ४५ हजार परिवारका निवेदनको छानविन गरेर त्यसमा स्रेस्ता, पूर्जा र नक्सामा रहेका कमी कमजोरीहरु पहिल्याउने र छानविन गर्ने प्रक्रियालाई अघि बढाइरहेका थियौं । करिब ९ हजार बिगाहा जग्गाको नापजाँच गरेर कामलाई अघि लगिरहेका थियौं ।

कहिले देखि पूर्जा बाँड्ने तयारी थियो ?
पूर्जा त हामी एक महिना भित्र वितरण गर्न सुरु गर्दै थियौं । केही स्थानीय तहहरुले काम सकिसकेका थिए । दाङको बबइ,झापाको दमक,पाल्पाको रामपुर,इलामको माइ नगरपालिकामा पुर्जा वितरणको अन्त्मि तयारी भइसकेको थियो ।

आयोग नै खारेज भएपछि तपाईंहरुले अहिलेसम्म गरेका कामहरु के हुन्छन् ?
मेरो पनि सरकारसँग सोधाइ यही छ कि– सुकुम्बासीलाई वितरण गर्न ठिक्क पारेका धनीपूर्जा अब के हुन्छन् ? सरकारले यी सबै कुरालाई ग्रहण गरेर निरन्तरता दिन्छ कि दिदैन । यो सरकारले नै जान्ने कुरा भयो । तर सरकारको पहिलो कामबाटै के थाहा भयो भने यो सरकार सुकुम्बासी समस्यालाई समाधान चाहँदैन । जनताले जग्गाकाो मालिक बन्न दिने पक्षमा छैन यो । आयोग खारेज भनेपछि त हामी पनि झस्किएका छौं । आयोगका पदाधिकारीलाई नयाँ सरकार आएपछि हटाउने वा हामीसँग राजिनामा माग्ने कुरा एकदम स्वभाविक थियो । त्यो हामी गथ्र्यौं पनि । तर आयोग नै खारेज गरेर सरकारले राज्यका निकायहरु माथी नै निर्मम प्रहार सुरु गरेको आभास भएको छ ।

१६ महिनामा यो आयोगबाट कति रकम खर्च भयो ?
केन्द्रको तर्फबाट असार मसान्तसम्म २१ करोड रुपैयाँ खर्च भएको छ । हाम्रो मात्र होइन स्थानीय तहको ठूलो रकम लगानी भएको छ । हाम्रो कार्य विधिमा नै के थियो भने स्थानीय तहले सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान गर्ने, लागत संकलन गर्ने र प्रमाणिकरण गर्ने दायित्व स्थानीय सरकारसँग थियो । उनीहरुले आयोगसँग समन्वय गरेर काम गरिरहेका थिए । हामीले यस कामका लागि ७ सय ४३ वटा स्थानीय तहसँग सम्झौता गरेका थियौं । यस कामका लागि उनीहरुको ठूलो रकम खर्च भएको छ ।

अब तपाईंहरु के गर्नुहुन्छ ?
सबै भन्दा ठूला कुरा व्यक्तिको परिवर्तन कुनै ठूलो कुरा थिएन । सरकारको परिवर्तनसँगै व्यक्तिको परिवर्तन हुने कुरालाई नौलो अनौठो मान्दैनौ । तर मुलभुत कुरा लाखौंलाख भूमिहिन सुकुम्बासीको काम अगाडी बढाइरहेको सन्दर्भमा ती कामहरुको स्वामित्व के हुने ? मौलिक हकको कार्यन्वयन गर्न लागिरहेका थियौं । हामलिाई तीनवर्ष अवधि दिएको थियो । नपुगे दुईवर्ष थपिने भनेको थियो । यस्तो अवस्थामा आयोग नै विघटन गरेर त्यो कामलाई अलपत्र पार्ने काम भयो । यस अर्थमा सरकारले भूमिहीनहरुको टाउकोमा बज्र प्रहार गरेको छ । भूमिहिन सुकुम्बासी माथि घोर अन्याय गरेको छ । अब हामी आम सुकम्बासीसँग जान्छौं । हामीले धनीपूर्जा वितरणमा गरेको तयारीमा बारेमा भन्छौं । सरकारले आयोग नै खारेज गरेर सुकुम्बासीहरुलाई वर्षौंसम्म भूमिहिन अवस्थामा राख्ने षडयन्त्र गरेको कुरा बुझाउछौं ।

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal