एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते काठमाडौंमा हुने
काठमाडौं,१७ साउन– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी भदौ २७ र २८ गते पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । आज आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
प्रवक्ता ज्ञवालीकाअनुसार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
त्यस्तै, सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल, रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल पनि गठन भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । सो प्रस्तावलाई अन्तिम रुप दिन आगामी हप्ता केन्द्रीय कमिटी बैठक आव्हान गर्ने निर्णय पनि गरेको छ ।
सोहीअनुसार आगामी असोज पहिलो हप्तासम्म देशभरीका पार्टीका वडाहरुमा वडा अधिवेशन र दोस्रो हप्तासम्म सबै पालिकाहरुमा पालिकास्तरमा पार्टी अधिवेशन सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले हालै दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेकोबेला तुइनको लठ्ठा चुँडाउने र उर्लिंदो भेलमा बेपत्ता पार्ने गरी घटित घटनाको निन्दा गरेको छ । घटनाको सत्यतथ्य अविलम्ब नेपाली जनतासामु प्रस्तुत गर्न र भारतीय पक्षसँग जानकारी माग गर्न सरकारसँग आग्रह गरेको छ । नेता ज्ञवालीकाअनुसार दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन एमालेले सरकारको ध्यानाकर्षण गरेको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार






















