कोरोना कहरका विच साउन १५ सम्म स्याङ्जामा ९५ प्रतिशत रोपाइँ

फाइल तस्वीरः
हिमलाल पराजुली

स्याङ्जा,१५ साउन– मानो खाएर मुरी उब्जाउने समयको रुपमा लिइने वर्खाको यो समयमा स्याङ्जाका किसानहरु पनि वर्ष भरिको लागि खाने खाद्यान्नको लागि आआफ्नो बालिनाली लगाउनमा ब्यस्त छन् । कोरोना कहरका विच पनि किसानहरुले वर्खामा लगाउने धान खेतिको काममा घाम पानिका साथै कोरोना भाइरस (कोभिड १९) को समस्याका बाबजुद पनि खटेर लागेकाछन् ।

नेपालमा धान खेति लगाउने वर्खाको समयलाई महत्पुर्ण रुपमा लिने गरिन्छ । स्याङ्जामा पनि साउनको १५ सम्म आइपुग्दा ९५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञन केन्द्र स्याङ्जाले जनाएको छ । समयमै वर्षा हुनुका साथै कोरोनाका कारण बजारमा भएका युवाहरु समेत गाउँमा फर्किएकोले पनि यो वर्ष रोपाइँ गर्न किसानहरुलाई जनशक्तिको अभाव नभएको कृषि ज्ञान केन्द्र स्याङ्जाको प्रमुख विनोद हमालले बताउनुभयो । ज्ञान केन्द्रका प्रमुख हमालले भन्नुभयो, “समयमै वर्षा भएकाले यस वर्ष किसाले बेलैमा खेति लगाउन पाउनुभएको छ । आज सम्म आइपुग्दा जिल्लामा ९५ प्रतिशत रोपाइँ सकिएको छ । यो प्रतिशत अजै बढ्नेछ ।”

जिल्लामा १८ हजार हेक्टरमा धान खेति गरिने र कुल धान खेति हुने भूभाग मध्ये ९५ प्रतिशत भूभागमा रोपाइँ सकिएको हो । कार्यालयले प्रत्ये बुधबार जिल्लाका पालिकामा रहेको कृषि शाखा मार्फत रोपाइँ सम्बन्धि तथ्याङ्क संकलन गर्ने गरेको छ । जिल्लाको आँधीखोला स्थित सेतिदोभान, पुतलीबजारको लामाके, पुतलीखेत, बयेरघारी, डौवा फाट, वालिङ, गल्याङको तल्लो भूभागका साथै चापाकोट, ज्याग्दी खोला ,विरुवा लगायतका फाँटहरु धान उत्पादनको लागि राम्रो मानिन्छ । जिल्लाको माथिल्लो भागमा भन्दा तल्लो भाग गल्याङ, चापाकोट लगायतका ठाउँमा साउनको अन्तिम सम्म समेत रोपाइँ गर्ने गरिन्छ । किसानले मकै लगाएका खेतमा मकैलाई सकेसम्म पकाएर मात्रै रोपाइँ गर्ने भएकोले केही ठाउँहरुमा रोपाइँमा ढिलाई हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गत वर्ष जिल्लामा ५६ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष उत्पादन बढेर ६० मेट्रिक टन पुग्ने अनुमा ज्ञान केन्द्रको रहेको छ ।
ज्ञान केन्द्रका प्रमुख हमालले यस वर्ष समयमै वर्षा हुनुका साथै मलको समेत अभाव नभएकाले गत वर्षको तुलनामा उत्पादनमा वृद्धि हुने कार्यालयको आंकलन रहेको बताउनुभयो । प्रमुख हमालले भन्नुभयो, “समयमै वर्षा हुदा पानीको अभाव हुने टारी खेतमा समेत किसानहरुले रोपाइँ गरिसकेको र वैदेशिक रोजगारीको लागि गएका युवाहरु समेत फर्किएर आएपछि युवा जनशक्तिले कृषिमा देखाएको लगाब र बाँझो जमिनमा समेत खेति गरेकोले उत्पादनमा वृद्धि हुन्छ ।”

जिल्लामा कृषकहरु स्थानीय जातको धान भन्दा पनि उन्नत जातको विउको प्रयोग बढे संगै धान उत्पादनमा समेत वृद्धि हुदै गएको छ । उन्नत जातको विउको प्रयोग संगै स्थानीय जातका धानको विउ लोप हुने अवस्थमा पुगेको छ । किसानहरु बढि उत्पादन लिने योजनामा भएको आफ्नो परम्परागत रुपमा प्रयोग गर्दै आएको धानको विउ प्रयोगमा नल्याउदा स्थानीय जातको पूर्खेउली विउ मासिने अवस्थामा पुगेको हो ।

जिल्लामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढे पनि किसानहरु भने आफ्नो कर्ममा विभिन्न सुरक्षाका मापदण्डको प्रयोग गरेर कामलाई भने निरन्तरता दिइरहेकाछन् । जिल्लामा हाल सम्म ४ हजार ९ सय ९९ जना कोरोनाबाट संक्रमित भएकाछन् । जस मध्ये ३ हजार ९ सय जना निको भएकाछन् भने सकृय संक्रमितको संख्या १ हजार ३ रहको छ । कोरोना भाइरस (कोभिड १९) बाट जिल्लामा १ सय १७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका सूचना अधिकारी विष्णुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal