चितुवाको आक्रमणबाट क्षति भएकालाई राहत

दमौली,१४ साउन– चितुवाको आक्रमणबाट क्षति भएका पीडित परिवारलाई रु १६ लाखभन्दा बढी राहत रकम वितरण गरिएको छ । आर्थिक वर्ष ०७७र७८ को अवधिमा तनहुँ जिल्लाका विभिन्न भागमा चितुवाको आक्रमणबाट क्षति भएका पीडित परिवारलाई डिभिजन वन कार्यालय तनहुँले रु १६ लाख ५९ हजार १०४ राहत रकम वितरण गरेको हो ।

गत आवमा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो । शुक्लागण्डकी नगरपालिका–२ मसारका ११ महिनाका बालक नारायण रानाको चितुवाको आक्रमणबाट मृत्यु भएपछि कार्यालयले पीडित परिवारलाई रु १० लाख उपलब्ध गराएको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका, २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा रु ५० हजारसम्म, गम्भीर घाइते भएमा दुई लाखसम्म र मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ ।

त्यस्तै उक्त अवधिमा जिल्लाका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट गाई, भैँसी, सुँगुररबङ्गुर, बाख्रा÷भेडाको मृत्यु भएको थियो । क्षतिको मूल्याङ्कन गरी कार्यालयले पीडितलाई राहत वितरण गरेको छ । रु २१ लाख ८६ हजार ७०४ को क्षति मूल्याङ्कन गरिएकामा रु १६ लाख ५९ हजार १०४ वितरण गरिएको कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणबाट तीन गाई मृत्युबापत रु १८ हजार, एक भैँसी मृत्युबापत रु पाँच हजार, चार सुँगुर÷बङ्गुर मृत्युबापत रु २६ हजार र ५९ बाख्रारभेडा मृत्युबापत रु चार लाख राहत प्रदान गरिएको छ । त्यस्तै चितुवाको आक्रमणबाट तीन जना घाइते भएकामा रु दुई लाख १० हजार १०४ राहत दिइएको पण्डितले बताउनुभयो ।

दश वन्यजन्तुको जीवितै उद्धार
कार्यालयले एक वर्षको अवधिमा १० वन्यजन्तुको जीवितै उद्धार गरेको छ । चितुवा, रतुवा मृग, कछुवा गरी १० वन्यजन्तुको जीवितै उद्धार गरिएको कार्यालयले जनाएको छ । त्यस्तै मरेका १२ वन्यजन्तुको व्यवस्थापन गरिएको छ । जीवितै उद्धार गरिएकालाई प्राकृतिक वासस्थान, पचभैया प्राणी उद्यान पोखरामा स्थानान्तरण गरिएको छ ।

कार्यालयले त्यसअवधिमा छ चितुवा, तीन रतुवा मृग र एक कछुवाको जीवितै उद्धार गरेको थियो । त्यस्तै मृत भेटिएका आठ चितुवा, दुई रतुवा मृतको पनि व्यवस्थापन गरिएको छ ।

वित्तीय ९१., भौतिक प्रगति शतप्रतिशत
कार्यालयले आर्थिक वर्ष ०७७र७८ मा वित्तीयतर्फ ९१.५ प्रतिशत प्रगति हासिल गरेको छ । सङ्घ र प्रदेशबाट विनियोजित रकममध्ये कार्यालयले उक्त वर्ष ९१.५० प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।

कूल पाँच करोड ३५ लाख बजेट विनियोजन भएकामा त्यस अवधिमा रु चार करोड ९० लाख खर्च भएको कार्यालय प्रमुख काफ्लेले जानकारी दिनुभयो । प्रदेशतर्फको रु तीन करोड २३ लाख विनियोजन भएकामा दुई करोड ९३ लाख खर्च भएको छ । सङ्घीय सःशर्ततर्फ रु ९२ लाख ५० हजार विनियोजन भएकामा रु ८६ लाख खर्च भएको छ । काफ्लेका अनुसार प्रदेश सःशर्ततर्फ रु एक करोड २० लाख विनियोजन भएकामा रु एक करोड ११ लाख खर्च भएको छ । भौतिकतर्फ भने कार्यालयले शतप्रतिशत प्रगति हासिल गरेको छ ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal