नेपालले टी ट्वान्टी वरीयतामा आयरल्याण्डलाई पछिपार्यो

काठमाडौं,११ साउन–  नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट वरीयतामा आयरल्याण्डलाई पछिपारेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १३ औं स्थानमा रहेको थियो ।
आईसीसीले आइतबार अन्तर्राष्ट्रिय टी ट्वान्टीको नयाँ वरीयता सार्वजनिक गरेको हो । आयरल्याण्डलाई उछिनेपछि एशोसिएट राष्ट्रहरुमा नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको वरीयतामा शीर्षस्थानमा पुगेको छ । नेपालभन्दा माथि सबै टेष्ट खेल्ने राष्ट्रहरु छन् ।
आयरल्याण्डले दक्षिण अफ्रिका विरुद्धको तीन खेलको टी ट्वान्टी श्रृखंला हारेपछि उसको वरीयता खस्केको हो । नेपाल भने पछिल्लो तीन महिना यता कुनै अन्तर्राष्ट्रिय स्पर्धा खेलेको छैन । नेपालले घरेलु मैदानमा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित टी ट्वान्टी श्रृखंला जिते यता निरन्तर विश्व वरीयतामा उक्लिदै आएको छ । नेपालभन्दा आयरल्याण्डको अङ्क बढी भए पनि रेटिंग्स समान छ । नेपाल र आयरल्याण्ड दुबैको रेटिंग्स समान १८७ रहेको छ ।
नयाँ वरीयता बमोजिम इंग्ल्याण्ड हाल शीर्षस्थानमा छ । भारत दोस्रो, न्युजिल्याण्ड तेस्रो, पाकिस्तान चौथो र अष्ट्रेलिया पाँचौं स्थानमा पुगेको छ । दक्षिण अफ्रिका छैटाैं, अफगानिस्तान सातौं, वेष्टइन्डिज आठौं, श्रीलङ्का ९ औं, बङ्गलादेश दशौं र जिम्बाब्वे ११ औं स्थानमा छ ।

ताजा

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal