नेपालले टी ट्वान्टी वरीयतामा आयरल्याण्डलाई पछिपार्यो
काठमाडौं,११ साउन– नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट वरीयतामा आयरल्याण्डलाई पछिपारेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १३ औं स्थानमा रहेको थियो ।
आईसीसीले आइतबार अन्तर्राष्ट्रिय टी ट्वान्टीको नयाँ वरीयता सार्वजनिक गरेको हो । आयरल्याण्डलाई उछिनेपछि एशोसिएट राष्ट्रहरुमा नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको वरीयतामा शीर्षस्थानमा पुगेको छ । नेपालभन्दा माथि सबै टेष्ट खेल्ने राष्ट्रहरु छन् ।
आयरल्याण्डले दक्षिण अफ्रिका विरुद्धको तीन खेलको टी ट्वान्टी श्रृखंला हारेपछि उसको वरीयता खस्केको हो । नेपाल भने पछिल्लो तीन महिना यता कुनै अन्तर्राष्ट्रिय स्पर्धा खेलेको छैन । नेपालले घरेलु मैदानमा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित टी ट्वान्टी श्रृखंला जिते यता निरन्तर विश्व वरीयतामा उक्लिदै आएको छ । नेपालभन्दा आयरल्याण्डको अङ्क बढी भए पनि रेटिंग्स समान छ । नेपाल र आयरल्याण्ड दुबैको रेटिंग्स समान १८७ रहेको छ ।
नयाँ वरीयता बमोजिम इंग्ल्याण्ड हाल शीर्षस्थानमा छ । भारत दोस्रो, न्युजिल्याण्ड तेस्रो, पाकिस्तान चौथो र अष्ट्रेलिया पाँचौं स्थानमा पुगेको छ । दक्षिण अफ्रिका छैटाैं, अफगानिस्तान सातौं, वेष्टइन्डिज आठौं, श्रीलङ्का ९ औं, बङ्गलादेश दशौं र जिम्बाब्वे ११ औं स्थानमा छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार






















