रामपुरमा रक्तदान कार्यक्रम सम्पन्न


रामपुर,१२ असार– रामपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युथ युनियन मटेरी र रामपुर नगरपालिकाको संयुक्त आयोजना तथा नेपाल स्वंयमसेवी रक्तदान दाता समाज रुपन्देहीको समन्वयमा बृहद रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले रचनात्मक कार्यक्रम गर्ने युवाहरुलाई धन्यवाद दिनुभएको छ । उहाँले रामपुरमा ब्लडबैंकको स्थापना गर्नु अत्यन्त आवस्यक रहेकोमा जोड दिदै यसरी सिर्जनशिल र रचनात्मक काम गर्नेहरुलाई नगरपालिका सधैं सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

रामपुर मटेरीमा युथ युनियन मटेरीका अध्यक्ष भिमबहादुर रानाले कार्यक्रममा ६५ जनाले रक्तदान गरेको जानकारी दिनुभयो । युथ युनियनका सचिव दिपेन्द्र भट्टराईले कोभिड–१९ को जोखिमको समयमा कतिपय नागरिक रगत अभाव भएर ज्यान समेत गएको खवर सुनेकोले यस्तो दुःखद अवस्थाको सिर्जना नहोस् भनेर युथ युनियनले नगरपालिकासँग मिलेर स्वंमसेवी रक्तदानदाता समाज रुपन्देही शाखाको समन्वय र लुम्बिनी मेडिकल कलेज र रामपुर अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको बताउनुभयो ।
संकलन गरिएको रगत लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन पठाइएको छ । क्लवले कोभिड १९ को संक्रमणको समयमा कसैलाई पनि रगत अभावका कारण ज्यान गुमाउनुपर्ने बाध्यता नआओस् भनेर रक्तदान गरिएको युथ युनियन मटेरीले जनाएको छ ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal