नेपालको नक्सा र विदेश नीति फेरबदल हुनसक्दैन : प्रधानमन्त्री

काठमाडौँ,१२असार– प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने बताउनुभएको छ । नक्सा र विदेश नीति कुनै अन्योलमा नभई प्रष्ट आधारमा बनेको चर्चा गर्नुहुँदै उहाँले तीन वर्षमा नेपालको परराष्ट्र नीतिले ठोस रूप लिएको बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीका ‘फरेन पोलिसिज अफ नेपाल ओरियन्टेसन एन्ड प्रायोरिटी र कोभिड–१९ मल्टी डिसिप्लिनरी न्यारेटिभ्स्’ दुई पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गर्नुभएको हो । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा ज्ञवालीले परराष्ट्र मन्त्रीका रूपमा आफ्नो तीन वर्ष तीन महिने कार्यकालका महìवपूर्ण मन्तव्य तथा अनुभवलाई समेटेर तयार पार्नुभएको पुस्तक प्रधानमन्त्री ओलीले सार्वजनिक गर्नुभयो ।
उत्पत्ति कालदेखि नै नेपालले कायम गरेको स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियत ऐतिहासिक गौरवको विषय भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “छिमेकीका बीचमा सन्तुलित सम्बन्ध कायम राख्नमा मुख्य जोड रहने छ । यसमा हामी चलाखीले काम लिन चाहँदैनौँ र एउटाको विरुद्ध अर्काको ‘कार्ड’ खेल्दैनौँ ।” नेपालले ‘वसुदैव कुटुम्बकम्’ को ऐतिहासिक परम्परा न्याय र अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप एवं साझा हितका आधारमा परराष्ट्र सम्बन्ध अघि बढाउने र त्यसो गरिरहँदा राष्ट्रिय हितको संरक्षणलाई केन्द्रमा राखिने उहाँले स्पष्ट पार्नुभयो ।
“सबैसँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने नीति कसैलाई फितलो पनि लाग्न सक्छ तर यसो भन्नु कुनै कायरता वा निरिहता होइन” उहाँले भन्नुभयो । सन्दर्भ गुमाइसकेका पुराना सन्धिलाई नयाँ परिवेशमा बदल्न नेपालले चाहेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले छिमेकी देश भारतसँग भएका सन् १९५० को जस्ता राणाकालीन सन्धि पुनरवलोकनका लागि दुई प्रमबीच भएको सहमति अनुसार चार चार जनाको विज्ञ टोली बनाइएको समेत चर्चा गर्नुभयो ।
उहाँले वर्तमान राजनीतिक खिचातानी र विपक्षी गठबन्धनका विषयमा चर्चा गर्नुहुँदै राष्ट्रपतिमाथि अवाञ्छित टिप्पणी गरिन थालिएकोमा चिन्ता व्यक्त गर्नुभयो । धादिङमा पुगेर एक नेताले सर्वोच्च अदालतबाट आउने फैसलाबारे बोलेको प्रसङ्ग चर्चा गर्नुहुँदै उहाँले ‘कुखुरा हराउनु र अघिल्लो दिन धादिङमा स्याल कराउनु संयोग मात्र हो ?’ भन्ने प्रश्न गर्नुभयो । कार्यक्रममा पूर्वपरराष्ट्र मन्त्री ज्ञवालीले विमोचित पुस्तकमा आफ्नो कार्यकालका प्रमुख विषयवस्तु समेटिएको बताउनुभयो । नेपाली परराष्ट्र मामिला विगत सानो र कमजोर मुलुकको लघुताभाषले जकडिएको अवस्थामा रहेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “समस्यालाई गुन्द्रीमुनि लुकाएर नभई खुलस्त राख्दा नै मुलुकका लागि राम्रो हुने देखियो ।”
 

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal