वालिङ नगरपालिकाको बजेट रु. ७८ करोड बढी
तोलाकान्त बगाले
वालिङ,१० असार– वालिङ नगरपालिकाको दशौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि रु. ७८ करोड १४ लाख ७६ हजार बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक कल्पना तिवारीले दशौं नगरसभामा प्रस्तुत गर्नुभएको बजेट तथा कार्यक्रम पारित भएको हो ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आन्तरिक आयतर्फ रु. ६ करोड ५५ लाख ३० हजार, संघीय सरकार राजस्व बाँडफाँडबाट रु.१० करोड २९ लाख ८८ हजार, वित्तीय समानीकरण अनुदानबाट रु. १६ करोड ३९ लाख, सशर्त अनुदानतर्फ रु. ३९ करोड ६२ लाख, संघीय सरकारको विशेष अनुदान रु. १ करोड ६६ लाख, सडक बोर्ड नेपालबाट रु. ४७ लाख गरी कूल रु. ७४ करोड ९९ लाख १८ हजार अनुमानित बजेट प्रस्तुत भएको हो । त्यस्तै गण्डकी प्रदेश सरकारतर्फको राजस्व बाँडफाँडबाट रु. १ करोड १६ लाख ९० हजार, प्रदेश सरकार समानीकरण अनुदानबाट रु. १ करोड ९८ लाख ६८ हजार गरी कूल रु. ३ करोड १५ लाख, ५५ हजार ८ सय उपप्रमुख तिवारीले नगरसभामा प्रस्तुत गर्नुभएकोमा अनुमानित बजेट पारित भएको हो ।
जसमध्ये शिक्षा, स्वास्थ्य, कृषि, पशुसमेतको चालुतर्फ रु. ३९ करोड ८६ लाख ९९ हजार २ सय र पूँजीगततर्फ रु. ३८ करोड २७ लाख ७६ हजार ८ सय खर्च हुने अनुमानित बजेट उपप्रमुख तिवारीले सभामार्फत सार्वजनिक गर्नुभएको हो ।
कूल बजेटमा चालुतर्फ ५१.१५ प्रतिशत र पूँजीगततर्फ ४९.८५ प्रतिशत रहेको छ । आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेटका उद्देश्य तथा प्राथमिकतामा कोभिड १९ को रोकथाम, नियन्त्रण उपचारको सबै उपायहरुको अवलम्बन गरी जनजीवनलाई सुरक्षित र सहज बनाउने, सीप विकास, आय आर्जन, रोजगारी सिर्जना तथा स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरी विकास कार्यलाई तिव्रता दिने उल्लेख गरिएको छ । त्यस्तै आर्थिक, सामाजिक, भौतिक पूर्वाधार तथा सुशासन सबै क्षेत्रको एकीकृत विकासमार्फत नगरको समृद्धि हासिल गर्ने, सामाजिक सुरक्षा तथा संरक्षण कार्यहरुको विस्तार गरी लोककल्याणकारी भूमिकाको प्रवद्र्धन गर्ने, तहगत सरकार एवं विकास साझेदारसँग सहकार्य तथा समन्वय गरी आर्थिक एवं सामाजिक उपलब्धी हासिल गर्ने उद्देश्यहरु पूरा गर्नका लागि बजेटमा समेटिएको उपप्रमुख तिवारीले बताउनुभयो ।
आ.व. २०७८÷०७९ मा संघीय सरकारबाट हालसम्म समपूरक अनुदान प्राप्त नभएकाले नगरपालिकाको आन्तरिक खर्चमा थप ब्ययभार पर्न गएको छ । यस अन्तर्गत सञ्चालित बहुवर्षीय तथा क्रमागत योजना तथा कार्यक्रममा बजेट विनियोजन हुँदा आन्तरिक ब्ययभार बढ्ने देखिएको उपप्रमुख तिवारीको भनाई छ ।
त्यस्तै आर्थिक सामाजिक, भौतिक पूर्वाधार क्षेत्रको विकासमा जोड दिने, विकास, सुशासन र समृद्धि हासिल गर्न संघीय सरकार प्रदेश सरकार र अन्तर पालिकाको साथै छिमेकी स्थानीय तहहरुसँगको सम्बन्ध बलियो बनाउने भनिएको छ । आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट प्राप्त समानीकरण अनुदानको स्रोतबाट नगरका १४ वटा वडाहरुलाई रु. ५ करोड ६५ लाख विनियोजन गरिएको छ । जसमध्ये आर्थिक विकासतर्फ १७.७७ प्रतिशत, सामाजिक विकासतर्फ २१.०४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५२.०४ प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धी क्षेत्रतर्फ ९.१५ प्रतिशत रहेको छ ।
नगरस्तरीय कार्यक्रमतर्फ क्षेत्रगतरुपमा आर्थिक क्षेत्रतर्फ ७.७३ प्रतिशत, सामाजिक विकासतर्फ ४७.६० प्रतिशत, पूर्वाधार विकासतर्फ २४.२२ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ५.७७ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४.६७ प्रतिशत रहेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा वालिङ नगरपािलकाको कूल आय रु. ८० करोड ९२ लाख रहेकोमा जेठ महिनाको मसान्तसम्ममा ४६ करोड २६ लाख खर्च प्रगति भएको उपप्रमुख तिवारीले बताउनुभयो । जसमध्ये आर्थिक विकास क्षेत्रमा ३० प्रतिशत, सामाजिक विकास क्षेत्रमा ५७ प्रतिशत, पूर्वाधार विकास क्षेत्रमा ४० प्रतिशत र सुशासन क्षेत्रमा ३० प्रतिश त खर्च भार रहेको छ ।
यसअघि नगरप्रमुख दिलीपप्रताप खाँणले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि दफावार छलफल गरिएको थियो । नगरपालिकाको नीति कार्यक्रम तथा बजेटमा विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
नगरप्रमुख खाँणले स्वास्थ्य, शिक्षा र पूर्वाधारलगायत सामाजिक तथा समावेशी विकासमार्फत समृद्ध नगर निर्माण गर्ने, अहिलेको विषम परिस्थितिमा कोभिड १९ विरुद्ध लाग्नका लागि स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिक्षा, कृषि, रोजगारीसँगसँगै अन्य क्षेत्रको विकास गरी आत्मनिर्भर नगरपालिकाको दिशामा अग्रसर हुने, नगरबाट प्रदान गरिने सेवा प्रवाहको गुणस्तर बढाई नगर सरकारको अनुभूतिसहित सुशासनको प्रत्याभूति दिन नगरको बजेट केन्द्रित रहेको बताउनुभयो ।
बजेटका उद्देश्य हासिल गर्न र बजेटका प्राथमिकता कार्यान्वयन गर्न संघीय सरकार, प्रदेशसँग एकता, समन्वय र साझेदारी गरी निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दल संघ संस्थासँग सहकार्य गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइने नगर प्रमुख खाँणले बताउनुभयो ।
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार


























