वालिङ नगरपालिका विपद ब्यवस्थापनको पूर्व तयारीमा
वालिङ,२८ जेठ– विपदका कारण हुनसक्ने जनधनको क्षतिलाई न्यूनिकरण गर्नका लागि वालिङ नगरपालिकाले पूर्व तयारी थालेको छ ।
नगर प्रमुख एवं नगरस्तरीय विपद ब्यवस्थापन समितिका संयोजक दिलीपप्रताप खाँणको अध्यक्षतामा शुक्रबार बसेको बैठकले वर्षात्का समयमा बाढी, पहिरोका कारण हुनसक्ने जनधनको क्षति न्यूनिकरणलाई मध्यनजर गर्दै आवश्यक तयारी गर्ने निर्णय भएको हो ।
गत वर्षभन्दा यस वर्ष पानी धेरै पर्ने जल तथा मौसमविदहरुले पूर्वानुमान गरे अनुसार वालिङमा बाढी तथा पहिरोबाट क्षति हुनसक्ने भएकाले जोखिमयुक्त बस्तीलाई विशेष ख्याल गर्ने बैठकले निर्णय गरेको छ । जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्ने, विपद न्यूनिकरणका लागि समयमै उद्धार गर्ने कार्यका लागि आवश्यक उपकरणहरुको खरीद गरी उद्धार कार्यलाई छिटो छरितो गराउने निर्णय भएको छ ।
वालिङ नगरभित्रका मनसुनजन्य विपदमा परी विभिन्न घरहरु भत्किने र पुर्नस्थापना तथा प्रबलीकरण गर्नुपर्ने घरहरुको लागि नेपाल सरकारको ५५ प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय सरकारको १५ प्रतिशत रकम बेहोर्ने ब्यवस्था भए बमोजिम वालिङ नगरपालिकामा स्वीकृत भई आएका घरहरुका लागि नगरपालिकाको तर्फबाट रकम जम्मा गर्ने निर्णय भएको छ । वालिङ नगरपालिकाभित्र गत वर्षको असारदेखि वर्षाका कारण आएको पहिरो तथा बाढीका कारण पुर्नस्थापना गर्नुपर्ने घर संख्या ६३, प्रबलीकरण गर्नुपर्ने घर संख्या ८७ र पुनर्निर्माण गर्नुपर्ने ३६ घर रहेको नगरपालिकाले जनाएको छ ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार























