राजा वीरेन्द्रको वंशनास भएको २० वर्ष पुरा, रहस्यमै दरबार हत्याकाण्ड
काठमाडौं,१९ जेठ– राजा वीरेन्द्रको वंशनास भएको आज २० वर्ष पुरा भएको छ । नारायणहिटी दरबाद हत्याकाण्ड भएको २० वर्ष पग्दा समेत हत्याकाण्ड भने रहस्यमै छ ।
२०५८ जेठ १९ गते राती नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहसहित उहाँको वंशनास हुने गरी हत्याकाण्ड मच्चाइएको थियो । हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्र्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती र अधिराजकुमार निराजन शाहको हत्या भएको थियो । उहाँहरुसँगै दरबारका सदस्य तथा आफन्तहरुको समेत सो हत्याकाण्डमा ज्यान गुमाएका थिए ।
उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारजस्तो संवेदनशील ठाउँमा देशको राजासहित राजपरिवारका सदस्यको हत्याको कारण अहिलेसम्म रहस्यमै छ । तत्कालीन छानविन समितिले युवराज दीपेन्द्रले आफ्नो परिवारका सबै सदस्यलाई गोली प्राहार गरी आफूले पनि टाउकोमा गोली हानेर निधन भएको निष्कर्ष निकाले पनि जनताले अहिलेसम्म त्यो कुरालाई पत्याउन सकेकाछैन ।
उदार छवीका कारण राजा वीरेन्द्र जनतामाझ निकै लोकप्रिय हुनहुन्थ्यो । उहाँको हत्यापछि भाइ ज्ञानेन्द्र शाह राजगद्धीमा आसीन भए पनि उहाँले नेपालको राजतन्त्रलाई लामो समयसम्म टिकाउनै सक्नुभएन । राजा भएको ७ वर्षमै २०६५ जेठ १५ गते मुलुकमा राजतन्त्र समाप्त भयो । ज्ञानेन्द्र राजा भएको ७ वर्षमै २०६५ जेठ १५ गते मुलुकमा राजतन्त्रको समाप्ती भयो । ज्ञानेन्द्र नेपालको शाह वंशीय अन्तिम राजा हुनुहुन्छ ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार






















