कुसिनडाँडा जंगलमा बेवारिसे ५ थान भरुवा बन्दुक फेला पार्यो प्रहरीले
स्याङ्जा,२३ वैशाख– ईलाका प्रहरी कार्यालय चिसापानीबाट गस्तीमा खटिएको प्रहरीको गस्ती टोलीले हरिनास गाउँपालिका ३ कुसिनडाँडा जंगलमा ५ थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ । गस्ती गएको अवस्थामा फेला परेको बन्दुकका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीकाले जानकारी दिनुभयो ।
यसै बिच चापाकोट नगरपालिका ५ हिलामराङ स्थित खोल्सामा लुकाई राखेको अवस्थामा चिरान गरेको सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार ईलाका प्रहरी कार्यालय चापाकोट बाट खटिएको प्रहरीको टोलीले खोल्सामा लुकाइछिपाई राखिएको अवस्थामा बरामद गरिएको सो काठ आवश्यक कारबाहिको लागि सव बन डिभिजन कार्यालय दामाचौरमा बुजाएको छ ।
ताजा
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार























