कालीगण्डकी गाउँपालिकामा नवर्निमित बहुउद्देश्यीय सभाहलको मन्त्री बस्नेतद्वारा उद्घाटन

स्याङ्जा,२९ फागुन–गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले कालीगण्डकी गाउँपालिका ५ मा नवनिर्मित बहुउद्देश्यीय सभाहलको शनिबार उद्घाटन गर्नुभएको छ ।
उद्घाटन समारोहमा बोल्दै मन्त्री बस्नेतले गण्डकी प्रदेश सरकारलाई सात वटा प्रदेश सरकार मध्य उत्कृष्ठ सरकार बनाउने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो । विकास र समृद्धिका लागि सम्पूर्ण नागरिकका साथै राजनीतिक दलहरु र जनप्रतिनिधीहरु एकजुट भएर आअफ्नो जिम्मेवारीको काममा लाग्नुपर्ने मन्त्री बस्नेतको भनाइ रहेको थियो ।
‘सबैको साझा प्रयास र सहमतिबाट मात्रै देशको विकास र परिवर्तन सम्भव रहेको बताउदै मन्त्री बस्नेतले भन्नुभयो, ‘हामी द्वोन्द र अनावश्यक कुराको पछि लागेयौ भने मुलुकको विकास हुन सक्दैन ।’ त्यसैले विकासमा सकरात्मक धारणा बनाउ । गण्डकी प्रदेशका सबै घरमा यसै वर्ष भीत्रमा विजुली बत्ति पुर्याएर उज्यालो प्रदेश घोषणा गर्ने मन्त्री बस्नेतले बताउनुभयो । दुई वर्ष भीत्रमा प्रत्ये जनताको घर घरमा खानेपानी पुर्याउने गरी काम भईरहेको र सडक नपुगेका ठाउँमा नयाँ ट्रयाक खोल्ने काम भइरहेको उहाँको भनाइ थियो ।

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको गरी एक करोड दुई लाख रुपैँयाको लागतमा सभाहलको निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रशासकिय अधिकृत दिनेश ज्ञवालीले प्रदेश सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत रहेको जानकारी दिनुभयो ।
बहुउदेश्यीय सभाहलको निर्माण संगै गाउँपालिका बासी खुसी भएको बताउदै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले संघिय सरकार र प्रदेश सरकार संग समन्वय गरेर कालीगण्डकी गाउँपालिकामा धेरै विकास निर्माणका कामहरु भइरहेको बताउनुभयो ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal