कालीगण्डकी गाउँपालिकामा नवर्निमित बहुउद्देश्यीय सभाहलको मन्त्री बस्नेतद्वारा उद्घाटन

स्याङ्जा,२९ फागुन–गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले कालीगण्डकी गाउँपालिका ५ मा नवनिर्मित बहुउद्देश्यीय सभाहलको शनिबार उद्घाटन गर्नुभएको छ ।
उद्घाटन समारोहमा बोल्दै मन्त्री बस्नेतले गण्डकी प्रदेश सरकारलाई सात वटा प्रदेश सरकार मध्य उत्कृष्ठ सरकार बनाउने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो । विकास र समृद्धिका लागि सम्पूर्ण नागरिकका साथै राजनीतिक दलहरु र जनप्रतिनिधीहरु एकजुट भएर आअफ्नो जिम्मेवारीको काममा लाग्नुपर्ने मन्त्री बस्नेतको भनाइ रहेको थियो ।
‘सबैको साझा प्रयास र सहमतिबाट मात्रै देशको विकास र परिवर्तन सम्भव रहेको बताउदै मन्त्री बस्नेतले भन्नुभयो, ‘हामी द्वोन्द र अनावश्यक कुराको पछि लागेयौ भने मुलुकको विकास हुन सक्दैन ।’ त्यसैले विकासमा सकरात्मक धारणा बनाउ । गण्डकी प्रदेशका सबै घरमा यसै वर्ष भीत्रमा विजुली बत्ति पुर्याएर उज्यालो प्रदेश घोषणा गर्ने मन्त्री बस्नेतले बताउनुभयो । दुई वर्ष भीत्रमा प्रत्ये जनताको घर घरमा खानेपानी पुर्याउने गरी काम भईरहेको र सडक नपुगेका ठाउँमा नयाँ ट्रयाक खोल्ने काम भइरहेको उहाँको भनाइ थियो ।

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको गरी एक करोड दुई लाख रुपैँयाको लागतमा सभाहलको निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रशासकिय अधिकृत दिनेश ज्ञवालीले प्रदेश सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत रहेको जानकारी दिनुभयो ।
बहुउदेश्यीय सभाहलको निर्माण संगै गाउँपालिका बासी खुसी भएको बताउदै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले संघिय सरकार र प्रदेश सरकार संग समन्वय गरेर कालीगण्डकी गाउँपालिकामा धेरै विकास निर्माणका कामहरु भइरहेको बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal