दुध विक्रीको जिम्मा नगरपालिकाले लिन्छ ः नगरप्रमुख अधिकारी
गल्याङ,१३ फागुन– गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले आउँदो वर्ष सम्ममा दैनिक दश हजार लिटर दुध उत्पादन गर्ने बताउनुभएको छ ।
उहाँले दुधबाट किसानलाई आत्मनिर्भर र स्वरोजगार बनाउने अभियानमा आफु रहेको बताउदै अर्को वर्षसम्म दैनिक दश हजार लिटर उत्पादन गर्ने बताउनुभयो ।
गल्याङ नगरपालिका ५ हुक्तुममा किसानहरुसँगको छलफलमा उहाँले दुध विक्रीको जिम्मा नगरपालिकाले लिने बताउदै ढुक्क भएर ब्यावसायमा लाग्न आग्रह गर्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘वर्षात्को समयमा बाटोका कारण दुध विक्री गर्न समस्या भएमा त्यसको क्षतिपूर्ति नगरपालिकाले दिन्छ ।’
उहाँले एउटा गाउँ वा फर्ममा एक सय लिटर दुध भएमा नगरपालिकाले गाउँमा नै पुगेर दुध खरिद गरिदिने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले किसानलाई शुन्य प्रतिशत व्याज सहितका योजनाहरु ल्याएकाले त्यसको सदुपयोग गर्न आग्रह गर्दै बाहिरबाट दुध किनेर खानुपर्ने अवस्थामा रहेको नगरपालिका अहिले दैनिक दुई हजार लिटर बढि दुध उत्पादन भई निर्यात भैरहेको बताउनुभयो ।

लकडाउनको समयमा धेरै ठाउँमा दुध नबिकेको र फाल्नुपर्ने अवस्था भएको स्मरण गर्दै गल्याङमा कहिल्यै त्यस्तो अवस्था नभएको र अब पनि नहुने नगरप्रमुख अधिकारीको भनाइ थियो । व्यवसायिक रुपमा गाईपालन गरेका किसानहरु सफल हुँदै गएको भन्दै उहाँले सोही अनुसार एक गाईको नीति ल्याएको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले सके धेरै पाल्न र नसके उन्नत जातको एउटा गाई पाल्न सकेमा आत्मनिर्भर र स्वरोजगार बन्न सकिने बताउनुभयो ।
सो अवसरमा गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानबाट नगरपालिकाका एक हजार एक सय ७६ परिवार कृषकले अहिले प्रत्यक्ष लाभ पाइरहेको जानकारी दिनुभयो । हिउँदको समयमा पनि दुध अझै बढ्ने अवस्थामा रहेको र गल्याङका कृषक अझै बढि उत्साहित भैरहेको अर्यालले बताउनुभयो ।
कृषक नेत्रलाल भुषालले नगरपालिकाले दिएको साथले आफु उत्साहित भएको बताउनुभयो । अनुगमनका क्रममा गल्याङ नगरपालिका २ का अध्यक्ष इवप्रसाद कर्माचार्यले वडामा व्यवसायिक पशुपालकहरुको संख्या बढिरहेको बताउनुभयो ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















