दुध विक्रीको जिम्मा नगरपालिकाले लिन्छ ः नगरप्रमुख अधिकारी

गल्याङ,१३ फागुन– गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले आउँदो वर्ष सम्ममा दैनिक दश हजार लिटर दुध उत्पादन गर्ने बताउनुभएको छ ।
उहाँले दुधबाट किसानलाई आत्मनिर्भर र स्वरोजगार बनाउने अभियानमा आफु रहेको बताउदै अर्को वर्षसम्म दैनिक दश हजार लिटर उत्पादन गर्ने बताउनुभयो ।
गल्याङ नगरपालिका ५ हुक्तुममा किसानहरुसँगको छलफलमा उहाँले दुध विक्रीको जिम्मा नगरपालिकाले लिने बताउदै ढुक्क भएर ब्यावसायमा लाग्न आग्रह गर्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘वर्षात्को समयमा बाटोका कारण दुध विक्री गर्न समस्या भएमा त्यसको क्षतिपूर्ति नगरपालिकाले दिन्छ ।’
उहाँले एउटा गाउँ वा फर्ममा एक सय लिटर दुध भएमा नगरपालिकाले गाउँमा नै पुगेर दुध खरिद गरिदिने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले किसानलाई शुन्य प्रतिशत व्याज सहितका योजनाहरु ल्याएकाले त्यसको सदुपयोग गर्न आग्रह गर्दै बाहिरबाट दुध किनेर खानुपर्ने अवस्थामा रहेको नगरपालिका अहिले दैनिक दुई हजार लिटर बढि दुध उत्पादन भई निर्यात भैरहेको बताउनुभयो ।

लकडाउनको समयमा धेरै ठाउँमा दुध नबिकेको र फाल्नुपर्ने अवस्था भएको स्मरण गर्दै गल्याङमा कहिल्यै त्यस्तो अवस्था नभएको र अब पनि नहुने नगरप्रमुख अधिकारीको भनाइ थियो । व्यवसायिक रुपमा गाईपालन गरेका किसानहरु सफल हुँदै गएको भन्दै उहाँले सोही अनुसार एक गाईको नीति ल्याएको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले सके धेरै पाल्न र नसके उन्नत जातको एउटा गाई पाल्न सकेमा आत्मनिर्भर र स्वरोजगार बन्न सकिने बताउनुभयो ।
सो अवसरमा गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानबाट नगरपालिकाका एक हजार एक सय ७६ परिवार कृषकले अहिले प्रत्यक्ष लाभ पाइरहेको जानकारी दिनुभयो । हिउँदको समयमा पनि दुध अझै बढ्ने अवस्थामा रहेको र गल्याङका कृषक अझै बढि उत्साहित भैरहेको अर्यालले बताउनुभयो ।

कृषक नेत्रलाल भुषालले नगरपालिकाले दिएको साथले आफु उत्साहित भएको बताउनुभयो । अनुगमनका क्रममा गल्याङ नगरपालिका २ का अध्यक्ष इवप्रसाद कर्माचार्यले वडामा व्यवसायिक पशुपालकहरुको संख्या बढिरहेको बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal