रापाकोट कालिका साना किसान कृषि सहकारीको साधारण सभा सम्पन्न
वालिङ, १८ पुस– अर्जुनचौपारी गाउँपालिका ३ सिरिन्डाँडामा रहेको रापाकोट कालिका साना किसान कृषि सहकारीको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपती पौडेलले सहकारीहरुले आफ्नो उद्देश्य अनुसार काम गरेर संस्थाका शेयर सदस्यहरुको आयआर्जनमा बृद्धि गराउनको लागि स्वरोजगार मुलक कार्यमा लाग्न प्रोत्साहान गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीहरुले आफ्नो ध्यान आर्थिक कारोबारमा मात्रै बृद्धि गर्न तर्फ ध्यान दिइरहेको अहिलेको परिवेशमा संस्थाका सदस्यहरुको जीवन स्तरमा देखिने गरि परिवर्तन आउने गरि काम गर्नु पर्ने पौडेलले बताउनुभयो ।
२०७६ साल कात्तिक देखि सञ्चालनमा आएको सहकारीमा ४ सय ४३ जना शेयर सदस्य रहेकाछने भने सहकारीले रु ४२ लाखको आथिर्क कारोबार गरिरहेको छ । साधारण सभा संस्थाका अध्यक्ष उदयराज काफ्लेको सभापतित्वमा सम्पन्न भएको सहकारीका प्रबन्धक गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















