बुवाको अर्तिबुद्धिले रमाएका सियाँलेका जेठो किसान….

गाेपाल जिटी

वालिङ,५ माघ-“आगो ताप्नु मुढाको अर्ती सुन्नु बुढाको” भन्ने नेपाली समाजको प्रचलित उखान हो । यही उखान अनुसार एक किसानले गाउँकै जेठो र सफल कृषकको परिचय बनाउनुभएकाे छ। बुवाको अर्ती पालना गरेर उहाँको जीवन सुखद रहेको छ । २०४५ सालमा बुवाले लगाएको सुन्तला बगानको आम्दानीले उहाँको पारिवारिक जीवन गाउँमै रमाएको छ । उहाँ हुनुहुन्छ वालिङ नगरपालिका २ सियाँलेका इन्द्रप्रसाद पौडेल ।

लिलाकृष्णका छोरा इन्द्रप्रसाद आफ्ना बुवाको अर्तिबुद्धिमा लागेर गाउँमै कृषिकर्ममा लागेर आफ्नाे जीवन सुखमय बनाउनुभएकाे छ । अहिले गाउँकै जेठो व्यावसायिक कृषककारुपमा पहिचान बनाउन समेत सफल हुनुभएकाे छ। सियाँलेमा आफ्नो बुवाले सुन्तला लगाउन सुरु गरेको र त्यही बगान जीवनको आधार बनेको हो । योसँगै गाउँकै जेठो कृषक हुन पाउँदा गर्व लागेकाे पौडेल बताउनुहुन्छ।

पहिलादेखि नै जाँगरिला कृषकमा पर्नुहुन्छ पाैडेल। नजिकैको रामबाच्छा बजारमा कहिले तरकारी त कहिले सुन्तला डोकोमा बोकेर बिक्रि गरेको उहाँकाे अनुभव छ । यसरी काम गर्दा गर्दै पनि गाउँका अरु साथीहरु पैसा कमाउन घर बाहिर जाने गरेको देख्दा उहाँलाई पनि त्यही हुटहुटीले भारत पुर्‍यायो । त्यहाँ करिव ४ वर्ष काम गरेर फर्केपछि भने बुवाले कतै जानुपर्दैन मैले लगाएको सुन्तलालाई मलजल गरे घरमै पैसा आउँछ भनेपछि कृषिकर्मलाई निरन्तरता दिए । बुवाको भनाई अनुसार गर्दै जाँदा आम्दानी बढ्दै आयो, काममा थप उत्साही बनाएको र निरन्तर लागेको पौडेल सुनाउनुहुन्छ।

पाैडेल भन्नुहुन्छ,“हाम्रो बारीमा सुन्तला राम्रो फल्छ, अन्त कतै मन डुलाउनु पर्दैन, यही सुन्तला रेखदेख गर्नसके घरमै बसेर आम्दानी हुन्छ । सके अरु पनि लगाए राम्रो, होइन भने पनि मैले लगाएका सुन्तलाको राम्रो हेरचाह गरिस भने घरमै पैसा आउँछ, कतै दुःख पाउनु पर्दैन । सोहि अनुसार मैले पनि गर्दै आएँ उहाँको अर्तिबुद्धिले गाउँमै रमाएको छु, खुसी छु ।” हुन पनि २०४५ सालमा आफ्ना बुवाले लगाएका करिव एक सय बोट सुन्तला इन्द्रप्रसादको भरपर्दो आम्दानीको स्रोत बन्यो । तीन वर्ष अगाडि यी बोट बुढा भए, हटाएर नयाँ बिरुवा लगाउने सोंच आयो उहाले भन्नुभयाे । बुवाले लगाएका बोट हुन् अझ एकपटक राम्रोसँग मलजल गरेर हेर्न मन लाग्यो र गरें । अहिले फेरि पुरानै शैलीमा लटरम्म फलेका छन् खुसी लाग्छ । अहिले पनि यति राम्रो फलेको देख्दा उ बेलामा बुवाले दिएको अर्ति सुनिरहेको र उहाँको अनुहार झलझली देखेको अनुभूति हुन्छ, गर्व लाग्छ पौडेलले खुसीहुँदै भन्नूभयाे। योे सँगै अरु १ सय ५० बोटसहित पौडेलको बगैंचामा २ सय ५० बोटले फल दिएका छन् । गतवर्ष साढे सात लाख पारेका पौडेलले अहिले १० लाख परेको छ । यही सुन्तलाको बगानले एक छोरी र दुई छोराको पढाइ लेखाइसहित विवाहदानको साङ्गो पाङ्गो सहजै लगाउन पाएकोमा पौडेल खुसी हुनुहुन्छ। माटो सुहाउँदो खेती गर्ने हो भने गाउँघरमै अवसर छ । एकछिन गरेर हुँदैन, निरन्तरता दिन सकियो भने कृषि पेशामा आम्दानीसहित सुखद जीवन जिउन सकिने पाैडेलकाे  भनाई छ ।

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

२०८१ फाल्गुन २७ गते, मंगलवार

विद्यालय पुग्न ट्युबको सहारा

२०८१ फाल्गुन २७ गते, मंगलवार

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने

२०८१ फाल्गुन २२ गते, बिहीबार

संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न

२०८१ फाल्गुन २२ गते, बिहीबार

राजनीतिक स्थायीत्वको लागि दुई ठुला दल एक ठाउँमा आएको पूर्व मन्त्री अर्यालको भनाई

२०८१ फाल्गुन २१ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal