बुवाको अर्तिबुद्धिले रमाएका सियाँलेका जेठो किसान….

गाेपाल जिटी

वालिङ,५ माघ-“आगो ताप्नु मुढाको अर्ती सुन्नु बुढाको” भन्ने नेपाली समाजको प्रचलित उखान हो । यही उखान अनुसार एक किसानले गाउँकै जेठो र सफल कृषकको परिचय बनाउनुभएकाे छ। बुवाको अर्ती पालना गरेर उहाँको जीवन सुखद रहेको छ । २०४५ सालमा बुवाले लगाएको सुन्तला बगानको आम्दानीले उहाँको पारिवारिक जीवन गाउँमै रमाएको छ । उहाँ हुनुहुन्छ वालिङ नगरपालिका २ सियाँलेका इन्द्रप्रसाद पौडेल ।

लिलाकृष्णका छोरा इन्द्रप्रसाद आफ्ना बुवाको अर्तिबुद्धिमा लागेर गाउँमै कृषिकर्ममा लागेर आफ्नाे जीवन सुखमय बनाउनुभएकाे छ । अहिले गाउँकै जेठो व्यावसायिक कृषककारुपमा पहिचान बनाउन समेत सफल हुनुभएकाे छ। सियाँलेमा आफ्नो बुवाले सुन्तला लगाउन सुरु गरेको र त्यही बगान जीवनको आधार बनेको हो । योसँगै गाउँकै जेठो कृषक हुन पाउँदा गर्व लागेकाे पौडेल बताउनुहुन्छ।

पहिलादेखि नै जाँगरिला कृषकमा पर्नुहुन्छ पाैडेल। नजिकैको रामबाच्छा बजारमा कहिले तरकारी त कहिले सुन्तला डोकोमा बोकेर बिक्रि गरेको उहाँकाे अनुभव छ । यसरी काम गर्दा गर्दै पनि गाउँका अरु साथीहरु पैसा कमाउन घर बाहिर जाने गरेको देख्दा उहाँलाई पनि त्यही हुटहुटीले भारत पुर्‍यायो । त्यहाँ करिव ४ वर्ष काम गरेर फर्केपछि भने बुवाले कतै जानुपर्दैन मैले लगाएको सुन्तलालाई मलजल गरे घरमै पैसा आउँछ भनेपछि कृषिकर्मलाई निरन्तरता दिए । बुवाको भनाई अनुसार गर्दै जाँदा आम्दानी बढ्दै आयो, काममा थप उत्साही बनाएको र निरन्तर लागेको पौडेल सुनाउनुहुन्छ।

पाैडेल भन्नुहुन्छ,“हाम्रो बारीमा सुन्तला राम्रो फल्छ, अन्त कतै मन डुलाउनु पर्दैन, यही सुन्तला रेखदेख गर्नसके घरमै बसेर आम्दानी हुन्छ । सके अरु पनि लगाए राम्रो, होइन भने पनि मैले लगाएका सुन्तलाको राम्रो हेरचाह गरिस भने घरमै पैसा आउँछ, कतै दुःख पाउनु पर्दैन । सोहि अनुसार मैले पनि गर्दै आएँ उहाँको अर्तिबुद्धिले गाउँमै रमाएको छु, खुसी छु ।” हुन पनि २०४५ सालमा आफ्ना बुवाले लगाएका करिव एक सय बोट सुन्तला इन्द्रप्रसादको भरपर्दो आम्दानीको स्रोत बन्यो । तीन वर्ष अगाडि यी बोट बुढा भए, हटाएर नयाँ बिरुवा लगाउने सोंच आयो उहाले भन्नुभयाे । बुवाले लगाएका बोट हुन् अझ एकपटक राम्रोसँग मलजल गरेर हेर्न मन लाग्यो र गरें । अहिले फेरि पुरानै शैलीमा लटरम्म फलेका छन् खुसी लाग्छ । अहिले पनि यति राम्रो फलेको देख्दा उ बेलामा बुवाले दिएको अर्ति सुनिरहेको र उहाँको अनुहार झलझली देखेको अनुभूति हुन्छ, गर्व लाग्छ पौडेलले खुसीहुँदै भन्नूभयाे। योे सँगै अरु १ सय ५० बोटसहित पौडेलको बगैंचामा २ सय ५० बोटले फल दिएका छन् । गतवर्ष साढे सात लाख पारेका पौडेलले अहिले १० लाख परेको छ । यही सुन्तलाको बगानले एक छोरी र दुई छोराको पढाइ लेखाइसहित विवाहदानको साङ्गो पाङ्गो सहजै लगाउन पाएकोमा पौडेल खुसी हुनुहुन्छ। माटो सुहाउँदो खेती गर्ने हो भने गाउँघरमै अवसर छ । एकछिन गरेर हुँदैन, निरन्तरता दिन सकियो भने कृषि पेशामा आम्दानीसहित सुखद जीवन जिउन सकिने पाैडेलकाे  भनाई छ ।

ताजा

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal