उपकार बचत तथा ऋण सहकारी संस्थाको ३१औं साधारण सभा असोज २९ बाट सुरु

वालिङ,८ असोज-उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१औं साधारण सभा तथा ९ औं अधिवेशन यही अशोज २९ र ३० गते हुने भएको छ ।
वालिङ ८ मोडमा मुख्य कार्यालय रहेको उपकारको असोज २९ गते सबै सेवाकेन्द्रमा साधारणसभा गरिने छ । सबै सेवाकेन्द्रको प्रतिनिधिमूलक उपस्थितिमा संस्थाको मुख्य कार्यालय वालिङमा ३० गते साधारणसभा सम्पन्न गरिने कार्यक्रम रहेको छ ।
सोमबार संस्थाको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाका कार्यबहाक अध्यक्ष लक्ष्मीपती पौडेलले संस्थाको पारदर्शिताका लागि र आफ्ना सदस्यहरुलाई संस्थाको विषयमा जानकारी दिने उद्देश्यले पत्रकार भेटघाटको आयोजना गरिएको बताउनुभयो । संस्थाले जनयुद्धको संक्रमणकालीन समय, कोभिड १९को महामारी, आर्थिक मन्दीका विभिन्न समस्याहरुसंग जुध्दै यहाँसम्म आईपुग्दा पनि संस्थाले आफ्ना सदस्यहरुलाई भरोसा विश्वास कायम राख्न सफल भएको कार्यबहाक अध्यक्ष पौडेलले बताउनुभयो ।
कार्यबहाक अध्यक्ष पौडेलले भन्नुभयो, “हामीले संस्थाको बारेमा सदस्यहरुलाई पारदर्शी रुपमा जानकारी गराउँदै आएका छौँ । आफ्नो संस्थाको अवस्थाको विषयमा जान्न पाउने अधिकार सबै शेयर सदस्यहरुमा छ । हामीले विभिन्न माध्यमबाट साधारण सभाको विषयमा पनि जानकारी गराउँदै आएकाछौं भने मिडियाको माध्यमबाट पनि आवश्यक सूचना प्रवाह गरिरहेका छौँ ।”

कार्यक्रममा संस्थाका निमित्त महाप्रबन्धक झलकनारायण पाण्डेले संस्थाको कारोबारका विषयमा जानकारी गराउनुभएको थियो भने कार्यक्रममा पत्रकारहरुले जिल्लामै एक अग्रणी स्थाका रुपमा रहेको उपकारले अन्य संस्थाहरुले पनि अनुसरण गर्ने खाल्का कार्यक्रमहरु सञ्चालन गर्नुका साथै उत्पादनमुलक कार्यमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको संचानल संस्थाका सचिव यज्ञप्रसाद अधिकारीले गर्नुभएको थियो ।संस्थाले आगामी अधिवेसनका लागि संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिमा उम्मेदवार दिनका लागि पुर्व नेतृत्व क्षमता अभिवृद्धि तालिम अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । यो तालिममा सहभागिताको लागि पनि सदस्यहरुलाई जानकारीका लागि सबै प्रकारका माध्यमबाट सूचना पुर्याउने कार्य भइरहेको संस्थाले जनाएको छ । सहकारीले राहत कोषमार्फत सदस्यहरुलाई मृत्यु संस्कार, असाध्य रोग उपचारमा सहयोग पुगोस भन्ने हेतुले नगद सहयोग गर्दै आएको छ मातृ शिशु स्याहारका लागि पनि पोषणयुक्त आहारका लागि आर्थिक सहयोग प्रदान गर्दैै आएको छ । यस्ता सेवा सुविधा प्राप्त गर्नका लागि संस्थामा नियमित बचत गरेको हुनुपर्ने, कम्तीमा १ वर्ष वा सोभन्दा बढी समय संस्थामा कारोबार गरेको हुनुपर्नेछ । साथै संस्थाले वर्तमान आर्थिक संकटका बेला ऋणी सदस्यहरुलाई टेवा पुग्ने गरी कर्जा लिएर सावा व्याज चुक्ता गर्न कठिनाई भएकाहरुको लागि आँफूले उत्पादन गरेका जिन्सी वस्तु संस्थाले विक्रि गरिदिने र विक्रि बापतको रकमले सावा व्याज चुक्ता गर्न सक्ने व्यवस्था पनि गरेको छ ।
वालिङमा प्रधान कार्यालय रही वालिङ संगै गल्याङ, चापाकोट, भीरकोट नगरपालिका १, २, ४, ५ र ९, कालिगण्डकी गाउँपालिकाको वडा नं. ३ देखि वडा नं. ७ सम्म, हरिनास गाउँपालिका ६ र विरुवा गाउँपालिका ६ लाई कार्यक्षेत्र बनाएको छ ।
सहकारीले वालिङ, बायँटारी, केवरे, चापाकोटको दामाचौर र कालीगण्डकीको मिर्मीमा सेवाकेन्द्र मार्फत सेवा प्रवाह गर्दै आएको छ । ३ हजार ९१९ महिला र ३ हजार ८७८ पुरुष र १७ संस्थागत गरी ७ हजार ८१४ सेयर सदस्य रहेको सहकारीको बालबचतकर्ता १ हजार ७२१ रहेका छन् ।
२१ करोड तरलता रहेको सहकारीको लगानी ४७ करोड ७७ लाख ६४ हजार ६१० रहेको छ । ८२ करोड २ लाख ८ हजार ३३३ कारोबार गरेको संस्थाको सदस्यहरुको बचत ६२ करोड ६० लाख १३ हजार ४०६ रहेको छ । संस्थाको अधिकृत शेयर पुँजि २० करोड रहेको छ भने चुक्ता शेयर पूँजि ७ करोड ६९ लाख ५३ हजार ८०० रहेको छ । २०५० सालमा स्थापना भएको सहकारी गण्डकी प्रदेशकै ठुलो र व्यवस्थापकीय राम्रो रहेको सहकारी मानिन्छ ।
ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार