हराउँदै चैते दसैँको मौलिकता

खेमराज गौतम

गलकोट,१६ चैत – यो पैसो कैलेलाई, चैते दसैँलाई 

त्यो पनि मागे दिन्न कसैलाई

चैते दसैँ मेलाका लागि खर्च गर्न एक वर्षदेखि रकम जम्मा गरिन्थ्यो भन्ने गतिलो प्रमाणको रुपमा छ यो गीत । 

एक दशकअघिसम्म परम्परागत चैते दसैँको छुट्टै रौनकता थियो । लोक गायक टीका क्षत्रीको ‘चैते दसैँ मेलैमा, झर्छ आँसु छुट्ने बेलैमा’ भन्ने गीत सबैको मुखमा कण्ठस्थ थियो ।

मेलामा यानी माया, सालैजो, झ्याउरे गीत गुन्जिन्थे भने, स्थानीय उत्पादनको व्यापार राम्रो फष्टाउथ्यो । अहिले रेकर्ड गरिएका आधुनिक गीतले पाका पुस्तालाई चैते दसैँ फेरिएको महसुस हुन्छ । बढ्दो आधुनिकतासँगै पहिलाको चैते दसैँ र अहिलेको चैते दसैँमा व्यापक परिवर्तन आएको स्थानीय ८५ वर्षीया दुर्गा आचार्यले बताउनुभयो ।  

पहिला ठेका, डाला, नाङ्ला, आँसी, बाउसा, सेल रोटी विभिन्न अन्नको कारोबार भएपछि पछिल्लो समय आधुनिक उपकरण, प्लाष्टिकका भाडाकुँडा तथा आधुनिक खेलौनाको बढी कारोबार हुने गरेको छ । लिङ्गे पिङ र चर्खे पिङ्गको सट्टा आधुनिक पिङ सञ्चालनमा छन् ।

 “उ बेला चैते दसैँलाई भनेर खर्च जोहो गर्ने चलन थियो, मेलामा स्थानीय उत्पादनको मात्रै कारोबार हुन्थ्यो, राडी, कम्बललगायत लत्ताकपडाको कारोबार हुन्थ्यो”, आचार्यले भन्नुभयो, “एक वर्षलाई पुग्ने गरी स्थानीय उत्पादन खरिद गरेर स्थानीयले लैजान्थे, अहिले त प्लाष्टिकका सामग्रीको बढी कारोबार हुन्छ, स्थानीय उत्पादनले प्राथमिकता पाउँदैन, बढ्दो आधुनिकतासँगै चैते दसैँको मौलिकता फेरिएको पाइन्छ ।”

पहिलाको चैतेदसैँ र अहिलेको चैतेदसैँको कुनै तुलाना हुँदैन । त्यो बेलाको चैतेदसैँमा रेरेरे गीत गाउने, घरेलु उत्पादनको खरिद–बिक्री गर्ने चलन थियो । उहाँले भन्नुभयो, “अहिले मेलामा आधुनिक गीतमा नाच गान हुन्छ, लोकदोहरी गीतसमेत खस्केको छ, पहिला चैते दसैँमा दोहोरी गाएकै भरमा यहाँका थुप्रै कलाकार राष्ट्रिय कलाकार भएका छन्, अहिले त नाँच गान, खानपिन, रमाइलो मात्रै छ, स्थानीय उत्पादन देखिनै छाडे, फ्याट्टफुट्ट देखिएका मादल, डाला, नाङ्ला र ठेकासमेत बिक्री भएको पाइँदैन, गिहालेपनि प्रयोग गर्न नभएर सजाउन मात्रै लगेको पाइन्छ ।”

पहिला मेलाको नाममा यही एउटा चैतेदसैँ भए पनि पछिल्लो समय गाउँ–गाउँमा विभिन्न मेला तथा महोत्सव आयोजना हुन थालेपछि चैतेदसैँ मेलाको रौनकतामा कमी आएको स्थानीय राधिका रानामगरले बताउनुभयो । बागलुङ कालिका मन्दिरमा आउने दर्शनार्थीको खरिद–बिक्रीका लागि मेला लागेपछि अहिले यसलाई चैत्राष्टमी मेलाको नाम दिइएको छ ।

बागलुङ कालिका भगवती मन्दिर नेपालकै प्रसिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् । “हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ, जसमध्ये नेपालमै कालिका मन्दिरमा बागलुङ कालिका प्रसिद्ध छ”, रानाले भन्नुभयो, “कालिका मन्दिरसँगै जोडिएको छ चैतेदसैँ मेला बागलुङको ब्राण्ड बन्दै गएकामा दुई मत छैन तर पछिल्लो समय यस मेला गीतसङ्गीत र खानामा मात्रै सिमित भएको पाइन्छ ।”

यही चैत १३ देखि १७ गतेसम्म चल्ने चैतेदसैँ मेला नाचगान, दोहोरी गीत, खानाका परिकार तथा रमाइलो मेलामा मात्रै सीमित भएको कतिपयको गुनासो छ । मन्दिर वरपर पाल टाँगेर स्थानीय उत्पादन, कोदो, मकै, धान, चामल, भाँङ्गो, डाला, नाङ्ला, ठेका, हँसिया, बाउसा, मान्द्रो, थुन्से, मादल भाँडाकुँडालगायत दैनिक उपभोग्य वस्तु खरिद–बिक्री हुने गरेकोमा अहिले खेलौना सामग्री र मदिरा र खानाका परिकार मात्रै बिक्री–वितरण हुने गरेको पाइएको छ ।

त्यो चैतेदसैँ र अहिलेको नाच गान, खानपिन, लत्ताकपडा, रमाइलो मेलासहितको अहिलेको चैतेदसैँ धेरै अन्तरवस्तु फरक पाइएको छ । मेलामा मौलिक तथा स्थानीय उत्पादनलाई निःशुल्क कक्ष र यातयात खर्चको व्यवस्थापन गरे पनि स्थानीय उत्पादनप्रति स्थानीयको रुचि घट्दै आधुनिक सामग्रीमा आकर्षण बढेको पाइएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

“चैतदसैँमा अहिले घरेलु उत्पादन सामग्री देख्नै दुर्लभ भइसकेको छ, हामीले ठेका, डाला उत्पादन गर्नेहरुलाई फोन गरेर बोलाउन थालेका छौँ, उनीहरुको व्यापार नभए यातयात खर्चसमेत आयोजकले व्यवस्थापन गर्छ”, खड्काले भन्नुभयो, “तर बढ्दो आधुनिकता, प्रविधिको प्रयोगका कारण मेलालाई प्रत्यक्ष असर पर्दै आएको स्वीकार छ ।”

मेला बागलुङको पहिचानसँग जोडिएको र परम्पराकालदेखि मेला लाग्ने भए पनि विस्तारै आधुनिकताका कारण मेलाको मौलिकता हराउँदै गएको छ । पच्चीस वर्षदेखि कालिका  मन्दिरमा डाला र नाङ्ला लिएर व्यापार गर्दै आउनुभएका बागलुङको बडिगाड गाउँपालिकाको ससिराम साम्दाखाडीले अबको केही वर्षमा यिनै डाला र नाङ्लासमेत देख्न नपाइने बताउनुहुन्छ । “करिब २५ वर्ष भयो होला, निगालोको चोयाँबाट बनेका डाला, नाङ्ला लिएर बागलुङ बजार आएको पहिला बोकेर ल्याइन्थो, अहिले यातयातका साधनमा ल्याइन्छ, पहिला डाला र नाङ्ला बेचेर वर्षभरि खान पाइन्थ्यो, अहिले परम्परा धान्ने मात्रै काम भएको छ, पहिला जस्तो चैते दसैँको मौलिकता छैन”, उहाँले भन्नुभयो, “स्थानीय उत्पादनलाई राज्यले हेरेन, छोरा नातिले अर्कै काम समाल्न थाले, स्थानीय उत्पादनको व्यापार छैन, आफू बुढो हुन लागियो, सक्ने बेलासम्म मेलामा आउने होे ।” ठेका ठेकी बनाउने परम्परासमेत पुस्तान्तरणको अभावमा लोप भएर गइरहेको छ ।रासस

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal