चुनावले छोएन कामदार वर्गलाई

काठमाडौँ,६ मङ्सिर– बर्दिया ठाकुरद्वारा–९ का गोरखबहादुर कार्की एकसुरमा हथौडा चलाइरहनुभएको छ । उहाँलाई सघाउँदै श्रीमती नजिकै बालुवा र सिमेन्टको घोल बनाउँदै हुनुहुन्छ । देशभर प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना जारी छ तर कार्की दम्पती बेखबर नभए पनि मतदानको अवसर पाउनुभएन । बरु परिवारको खर्च टार्न चुनावको दिन पनि दिनभर मजदुरीमै गर्नुभयो । उहाँहरू मुलुक चलाउने सिंहदरबार नजिकै । “भोट हाल्ने दिन भरपेट खाएर आनन्दको निद्रा सुतियो” कार्की दम्पतीले एकै स्वरमा सुनाउनुभयो ।  

निर्वाचनकै दिन पनि सिंहदरबारको दक्षिण गेट नजिकै कार्की दम्पती आफ्नै सुरमा श्रममा व्यस्त हुनुभएको थियो । उहाँले भन्नुभयो, “मतदाता नामावली गाउँतिरै छ, यता सहरमा भोट हाल्न पाइएन । भोट हाल्न जाउँ भनेर कसैले भनेन । कसैले खबर गरेको भए जाने थियौँ ।” बर्दिया घर भएका दम्पती विगत छ महिनादेखि यहीँ बसेर ज्यामी काम गर्दै आउनुभएको छ । भोट हाल्न गाउँ नगई राजधानीमा सङ्घर्षरत कार्की दम्पती दैनिक एक हजार आठ सयदेखि दुई हजार रुपियाँसम्म आम्दानी गर्नुहुन्छ । “छोराछोरी हुर्काइयो, पढाइयो तर अहिले ठूला भएपछि छुट्टिएर बसेका छन्,” उहाँले भन्नुभयो, “हामी बूढाबूढीलाई पेट पाल्न मजदुरी गर्नु परेको छ ।”

कार्कीलाई यस पटकको निर्वाचनमा मतदान गर्न मन नभएको भने होइन तर मेसो नमिलेको उहाँको भनाइ छ । कार्की दम्पतीको जस्तै व्यथा बझाङ केदारस्युँ गाउँपालिकाकी बर्मा धामीको पनि छ । मतदानका दिन उहाँ भने काठमाडौँको रामशाहपथमा पिठ्युँमा गह्रौँ झोला बोकेर हिँडिरहनुभएको थियो । उहाँलाई पनि गाउँ गएर भोट हाल्ने रहर थियो तर आफ्नै समस्याका कारण गाउँ जान सक्नुभएन । 

“पढ्ने मान्छे परियो, भर्खरै आएकाले गाउँ जान पनि सकिनँ । घर जान धेरै पैसा लाग्छ,” उहाँले भन्नुभयो, “कसैले जाऊँ पनि भनेनन्, रहर त किन नहुँदो हो र ?” धामी पुतलीसडकमा आफन्तकहाँ बस्दै आउनुभएको छ । चुनावका दिन गाडी नचल्ने भएपछि उहाँले ललितपुरको टीकाथलीसम्म पुग्न पैदल हिँडेको सुनाउनुभयो । “गाडी चल्दैन भन्ने थाहा थिएन, चल्ने भएको भए सजिलो हुन्थ्यो होला,” उहाँले भन्नुभयो, “तर नपुगी नहुने भएपछि पैदल हिँडेकी हुँ ।”

धामीजस्तै रामेछापका सङ्गीता थापा र शारदा थापा पनि भद्रकालीदेखि अनामनगरतिर पैदलै हिँड्नुभयो । भोट हाल्न गाउँ जान नपाएपछि चुनावका दिन मन्दिर दर्शन गर्न आउनुभएको थियो । भद्रकाली मन्दिरमा दर्शन गरी फर्कंदै गर्नुभएका उहाँहरू बच्चा लिएर गाउँ जान समस्या हुने भएकाले नगएको बताउनुभयो । निर्वाचन आयोगले सुरक्षालाई दृष्टिगत गर्दै मतदानका दिन बिहान ४ देखि साँझ ७ बजेसम्म उपत्यकामा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाएको थियो । आयोगका अनुसार देशभर एक करोड ७९ लाख ८८ हजार ७० मतदाता छन् । यो सङ्ख्या आयोगले कार्की दम्पतीजस्ता मतदान गर्न नपाएकालाई पनि गणना गरेको छ । केही आर्थिक अभाव तथा केही आफ्नै कारणले चुनावको उत्सवमा मतदान गर्नबाट वञ्चित भएका छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता नामावली ऐनले निजामती कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, दर्ता भएर सञ्चालन भएका वृद्धाश्रमलाई समेटेको भए पनि पेसा व्यवसाय गरेका सर्वसाधारणलाई समेट्न सकेको छैन । अन्तर्राष्ट्रिय अभ्यासमा कुनै स्थानमा तीनदेखि छ महिनासम्म नियमित रूपमा जुन स्थानमा बसोबास गरेको हो, त्यही स्थानबाट मत दिने व्यवस्था गरिएको हुन्छ तर नेपालमा निर्वाचन कानुनमा सुधार नगरी यस्तो प्रबन्ध गर्न नसकिएको सहायक प्रवक्ता अर्यालको भनाइ छ ।गोप  

ताजा

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal